गोपाल निरौला , इलाम साउन २२
पछिल्लो २४ घण्टामा इलाममा कोरोना संक्रमणबाट थप तीन जनाले ज्यान गुमाएका छन् ।स्वास्थ्य कार्यालयका अनुसार सूर्योदय नगरपालिका वडा नम्बर ११ की ९० बर्षीया बृद्धा,इलाम नगरपालिका वडा नम्बर ५ का ६४ बर्षीय पुरुष र माई नगरपालिका वडा नम्बर २ की ५८ बर्षीया महिलाको ज्यान गएको हो ।यो सहित इलाममा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८६ पुगेको कोभिड १९ फोेकल पर्सन बिमल बरालले जानकारी दिनुभयो ।उहाँका अनुसार यही अवधीमा जिल्लाभर ६९ जना संक्रमित थपिएका छन् ।इलाम नगरपालिकामा २३ जना,सूर्योदय नगरपालिकामा २० जना ,देउमाई नगरपालिकामा छ जना र माई नगरपालिकामा सात जना संक्रमित थपिएका हुन् ।यस्तै फाकफोकथुम गाउँपालिकामा तीन जना,रोङ गाउँपालिकामा दुई जना र सन्दकपुर गाउँपालिकामा एक जना संक्रमित थपिएका हुन् ।आज थपिएका सहित जिल्लामा संक्रमितको संख्या ३७८७ पुगेको छ ।हाल सम्म २७४४ जना संक्रमणमुक्त भएका छन् भने ९५७ जना संक्रिय संक्रमित रहेका छन् ।आजको संक्रमणदर २७.९ प्रतिशत रहेको उल्लेख छ ।
प्रतिक्रिया