logo
  • २०८१ मंसिर १९ | Wed, 04 Dec 2024
  • नेपाली कांग्रेस इलामको मतदान सकियो , आजै गणना हुने

    नेपाली कांग्रेस इलामको मतदान सकियो , आजै गणना हुने


    इलाम , मङ्सिर १० । नेपाली कांग्रेस इलामको नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ । मतगणना केही बेरपछी सुरु हुने मुख्य निर्वाचन अधिकृत रमेश जोशीले बताउनु भयो ।  निर्वाचनमा एक हजार सात सय ९५ मतदाता थिए । तीमध्ये एक हजार सात ३२ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
    जिल्ला कार्य समितिको सभापति सहित ७ पदाधिकारी, २१ कार्यसमिति सदस्य ,   १ महाधिवेशन प्रतिनिधि र १४ महासमिति सदस्यका लागि मतदान भएको थियो ।
    निर्वाचनमा पार्टीको नेतृत्वका लागि दुई प्यानलले प्रतिष्पर्धा गरिरहेका छन् । सभापति पदका लागि भेषराज आचार्य र डम्बर खड्का चुनावी मैदानमा उत्रिएका छन् । आचार्य रामचन्द्र पौडेल निकट र खड्का प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा निकट उम्मेदवार हुन् ।
    खड्कालाई वर्तमान सभापति हिमालय कर्माचार्य र पूर्व सभापति केशव थापाको समेत समर्थन छ ।
    पदाधिकारीमा समेत प्यानलअनुसार नै प्रतिष्पर्धा हुँदैछ । २ उपसभापति पदका लागि ४ जना चुनावी मैदानमा छन् । आर्चायको प्यानलबाट खगेन्द्र देवान र बिष्णुकुमारी लिम्बू दाहाल तथा कर्माचार्य-खड्का-थापा प्यानलबाट केदार थापा र होमप्रसाद दुलाल चुनावी मैदानमा छन् ।
    २ सचिव पदका लागि ५ जना चुनावी मैदानमा छन् । आचार्यको प्यानलबाट पूर्णप्रसाद गौतम र विष्णु हेमकुमार कार्की चुनावी मैदानमा छन् । कर्माचार्य-थापा-खड्का प्यानलबाट वर्तमान सचिव निरोज खड्की, हुकुमलाल थेबे चुनावी मैदानमा छन् ।
    त्यस्तै २ सहसचिव पदका लागि समेत ४ जनाबीच नै प्रतिष्पर्धा हुँदैछ । सहसचिव पदमा आचार्य प्यानलबाट चक्र येक्तेन (अभिषेक) र देवेन्द्रकुमार सुवेदी तथा कर्माचार्य-थापा-खड्का प्यानलबाट प्रविना राई, र डालाकुमारी कार्की चुनावी मैदानमा छन् । शनिबारसम्म साझसम्म  मतपरिणाम सार्वजनिक हुन सक्ने   निर्वाचन समितिले जनाएको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७८ मंसिर १०, शुक्रबार १६:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP