लैैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा कानुनी सचेतना कार्यक्रम

लैैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा कानुनी सचेतना कार्यक्रम


इलाम मंसिर , २२

लैैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा इलाममा एक दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । लैंगिक हिंसा नियन्त्रण गर्न सचेतना जगाउने उदेश्यले सहयात्रा नेपाल संस्थाले कार्यक्रमको आयोजना गरेको जनाएको छ । हिंसा सम्बन्धी सचेतना तालीम अन्तरकृया ,छलफलमा महिलालाई मात्रै सहभागी गराईने गराउने गरेको पाइन्छ ।

सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउन महिला पुरुष दुवैको सहाभागीता गराई कार्यक्रम संचालन गरेको जनाएको छ ।

सहयात्रा नेपालकी अध्यक्ष हेम कुमारी शिवाको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता विद्या सापकोटा र जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी निरिक्षक किशोर तामाङले सहजीकरण गरेका थिए । फेण्डस अफ युकेका फ्लोरेन्स गुरुङको सहयोगमा भएको कार्यक्रममा ४० बढी महिला पुरुष सहभागी थिए ।