सवारी दुर्घटनामा परी ईलाममा दुईजनाको मृत्यु

सवारी दुर्घटनामा परी ईलाममा  दुईजनाको मृत्यु


ईलाम , मंसिर २८ ।

सुर्योदय नगरपालिका७ सुखेपोखरी स्थित मेचीराजमार्गमा सवारी दुर्घटना हुदाँ दुईजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन ।
कुटीडाँडा बाट ईलाम तर्फ आउदै गरेको मे १ ज ३३०७ नं।को मारुति भेन आफै अनियन्त्रितभई सडक बाट झरी दुर्घटना भएको हो ।
मारुति भेनमा सवार माईजोमाई गाउँपलिका ३ बस्ने अबर्ष ४० को भरत घिमिरे र माईजोमाई गाउँपलिका ४ बस्ने बर्ष ७६ को राम प्रसाद तिमसिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको उपचारको क्रममा झापाको विएण्डसी अस्पतालमा मृत्य भएको हो । चालक भीम खवास समेत धाईते भएकोले प्रहरी साथमा अस्पतालमा छन । भेनमा सवार पदम तिमसिना , पवित्रा तिम्सिना , यसोदा घिमिरे , भर्सन घिमिरे , प्रज्ञा घिमिरे , निर्मला तिम्सिना र प्रकृति तिम्सिना घाइते भएका छन ।