इलाम ,पौष २४
नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्य समिति इलामका अध्यक्षमा इश्वर सुवेदीे चयन हुनु भएको छ । शनिबार सम्पन्न युनियनको आठौं अबिधेसन बाटअध्यक्षमा पुन सुवेदी निर्वाचित हुनुभएको हो । इलाम जलविद्युत केन्द्रको हेड ट्याँकमा आयोजित अधिवेसनले सुवेदीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । खुल्ला उपाध्यक्षमा अम्बिका खनाल , महिला उपाध्यक्षमा रिता अधिकारी र समावेशी उपाध्यक्षमा मदन कुमार गुरुङ चयन भएका छन । सचिव मदन ढुंगाना , सहसचिवमा खडानन्द पौडेल र कोषाध्यक्षमा दुर्गाप्रसाद दुलाल चयन भएको जनाइएको छ ।
यसैबीच कर्मचारी युनियन बहुउदेश्यीय सहकारी संस्थाको साधारण सभा समेत सम्पन्न भएको छ । संस्थाले रिता अधिकारीलाई अध्यक्षमा चयन गरेको छ ।
अधिवेशनको उद्घाटन कार्यक्रममा युनियनका केन्द्रिय सदस्य लक्ष्मी दाहाल, झापा अध्यक्ष सविन्द्र विक्रम नेम्बाड., पाँचथरका अध्यक्ष कर्णहाड. नेम्बाड., नेपाली काँग्रेसका जिल्ला उपसभापति खगेन्द्र देवान लगायतका वक्ताले कर्मचारीहरुको हकहितका लागि युनियनल प्रतिवद्ध भएको बताउनुभयो ।
उद्घाटन कार्यक्रम अध्यक्ष इश्वर सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो । युनियन इलामले अधिवेसन कार्यक्रम सगै वनभोज कार्यक्रम आयोजना गरेको जनाएको छ ।
प्रतिक्रिया