एमाले इलाम अध्यक्षमा महेश बस्नेत निर्वाचित

एमाले इलाम अध्यक्षमा महेश बस्नेत निर्वाचित


इलाम पौष २६
नेपाल कम्युनिस्ट पार्टी (एमाले) इलामा जिल्ला अध्यक्षमा महेश बस्नेत निर्वाचित हुनु भएको छ । गएराति सम्पन्न मतगणनाबाट निकटतम् प्रतिस्पर्धी डा.देवी क्षेत्री दुलाललाई पराजित गर्दै बस्नेत जिल्ला अध्यक्ष निर्वाचित हुनु भएको हो । एमालेको १०औं जिल्ला अधिवेशनमा प्राप्त मतपरिणाम अनुसार बस्नेतले फराकिलो मतअन्तरले विजयी बन्नु भएको हो । बस्नेतले ६ सय ९४ मत दुलालले ६४ मत प्राप्त गरेका थिए । ८ सय ६ प्रतिनिधिमध्ये ७ सय ६३ मत खसेको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा निर्वाचित बस्नेत यस अघि पार्टीको अध्यक्षमा हुनुहुन्थ्यो । जिल्ला सचिव रहनु भएका बस्नेत जिल्ला अध्यक्ष रामबहादुर राना १०औं महाधिवेशन बाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि बस्नेत जिल्ला अध्यक्ष बन्नु भएको थियो । बस्नेत इलाम नगरपालिकाका प्रमुख हुनुहुन्छ । उपाध्यक्षमा उदय राई निर्वाचित हुनु भएको छ । राईले ६ सय ४ मत प्राप्त गर्नु भएको थियो । निकटम प्रतिस्पर्धी याम अधिकारीले २ सय ३७ मत ल्याई पराजित हुन भयो । । सचिवमा उमेश गुरुङ निर्वाचित हुनु भएको छ । गुरुङले ५ सय २७ मत ल्याई विजयी बन्नु भयो । निकटम प्रतिस्पर्धी प्रकाश अधिकारीले २ सय २२ मत प्राप्त गर्नु भयो । उपसचिव द्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य निर्वाचित भएका छन । सुवेदीले ४ सय ४४ र आचार्यले २ सय ७२ मत ल्याउनु भएको हो । उपसचिवमा छवि श्रेष्ठ , रमेश राई , र सन्तराम योङहाङले क्रमश २ सय ५३, १ सय ९७ र १ सय २७ मत प्राप्त गरेका छन । जिल्ला कमिटिमा १५ जना खुला सदस्य पदमा ३१ जना चुनाी मैदानमा थिए । जसमध्ने सुमन श्रेष्ठ (४५८, प्रकाश खनाल (४२१, गणेशकुमार राई (४२०), देवेन्द्र विश्वकर्मा (४१८, यामबहादुर राई (४०८, प्रवेश पराजुली (३९३), रगुन गुरुङ (३९३), मिलन खत्री (३८४), बुद्धि खनाल (३७१), सुजन नेपाल (३६७), युवराज वाशिष्ठ (३५६), रोमबहादुर लुंगेली (३३१), दिनेश काफ्ले (३०८, वासुदेव रेग्मी (३९८ र कृष्ण सुवेदी (२९५) विजयी भएका हुन ।