इलाम , माघ १६ । सहयात्रा नेपाल सस्थाले रोङ गाउँपालिकामा रहेको कोभिड अस्पतालको लागि स्वास्थ्य सामाग्री प्रदान गरेको छ । आइतबार गाउँपालिकामा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रममा छ प्रकारका स्वास्थ सामग्री र उपकरण हस्तान्तरण गरेको सस्थाले जनाएको छ । अर्जेन्ट एक्सन फण्डको आर्थिक सहयोगमा गाउँपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको जनाइएको छ । कोभिड १९ महामारी नियन्त्रण र उपचारमा सघाउ पुर्याउनले उदेश्यले अक्सिजन कन्सनटेटर १ थान, प्यासेन मनिटर १ थान, सक्सन मेशिन एक थान, नेबुलाइजर १ थान ,पिपिइ सेट १० थान, पुन प्रयोग गर्न मिल्ने वासएबल ग्राउन ४ थान प्रदान गरिएको सस्थाकी अध्यक्ष हेम कुमारी शिवाले बताउनु भयो । उक्त सामाग्री एक कार्यक्रमका बिच सहयात्रा नेपाल इलामकी अध्यक्ष हेमकुमारी शिवाले रोङ गाउपालिकाका अध्यक्ष शम्शेर राईलाई हस्तान्तरण गर्नुभएको हो ।स्वास्थ सामाग्री सहयोग गरेकोमा सहयात्रा नेपाललाई धन्यवाद दिदै गाउँपालिका अध्यक्ष शम्सेर राईले बिपत्तमा हातेमालो गर्दै अघि बढन सके सहज हुने बताउनु भयो । स्वास्थ्य सामाग्री गाउँपालिकाले स्थपना गरेको कोभिड अस्थाइ अस्पताल इरौटारमा कोरना संक्रमण नियन्त्रण र उपचारका लागि प्रयोग गरिने उहाँले बताउनु भयो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा रोङ गाउपालिका उपाध्यक्ष चन्द्रकला राई, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहाल, स्वास्थ्य कर्मी सुनिता लिम्बु ,सहयात्रा नेपाल इलामको कोषाध्यक्ष सबिता पाण्डे, सदस्य इन्दिरा त्रिखत्री लगायतको उपस्थिति रहेको थियो । यसपटक रोङ र माई जोगमाई गाउँपालिकामा स्वास्थ सामाग्री र उपकरण प्रदान गरिने सस्थाले जनाएको छ । यस अघि कोरोना महामारीको दोस्रो लहरको समयमा इलाम अस्पताललाई स्वास्थ उपकरण र सामग्री उपलब्ध गराइसकेको सस्थाले जनाएको छ ।