logo
  • २०८१ आश्विन २२ | Tue, 08 Oct 2024
  • रेडक्रस सोसाइटी इलामको साधारण सभा सम्पन्न

    रेडक्रस सोसाइटी इलामको साधारण सभा सम्पन्न


    इलाम,माघ २२

    नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाको ३५ औ ं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा शाखाका मंत्री रविन्द्र प्रसाद श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । शाखाको आर्थिक वर्ष २०७८।७९ का लागि पारित भएको नीति कार्यक्रम सभाले पारित गरेको छ । सभामा कोषाध्यक्ष विजय कुमार कार्कीले आर्थिक वर्ष २०७८।७९ को यथार्थ आय व्यय र २०७९।८० को बार्षिक अनुमानित आय विवरण प्रस्तुत गर्नुभयो । आर्थिक वर्ष २०७८।७९ मा एक करोड २० लाख चार सय ६८ रुपैयााको यथार्थ आय व्यय विवरण प्रस्तुत गर्नुभयो ।शाखाका सभापति शिव प्रसाद गौतमको अध्यक्षतामा भएको साधारण्न सभामा शाखा अन्तर्गत रहेका विभिन्न उपशाखाका गतिविधिका आधारमा उत्कृष्ट उपशाखाहरुलाई पुरस्कृत गरिएको थियो । दानाबारी उपशाखा बार्षिक गतिविधिका आधारमा पहिलो भएको छ । यस्तै आदिपुर उपशाखा दोस्रो र चुलाचुली उपशाखा तेस्रो भएका छन् । यस्तै रक्तदान गरी एक सय युनिट रगत संकलन गर्ने दानबारी उपशाखाले प्रथम पुरस्कार प्राप्त गरेको छ । ९६ युनिट रगत संकलन गर्ने चुलाचुली उपशाखा दोस्रो भएको छ । लैंगीक तथा समावेशी गतिविधिका आधारमा सिंहबाहिनी उपशाखा पहिलो र दोस्रो मंगलबारे उपशाखा भएका थिए । साधारण सभामा शाखाले निर्माण गरेको तालिम हल सहितको भवन निर्माणमा हालसम्म ६६ लाख ४९ हजार तीन सय २८ रुपैयाँ खर्च भएको जानकारी दिइएको थियो । भवन निर्माणका लागि विभिन्न दाताबाट २३ लाख ४५ हजार नौ सय ४३ रुपैयाँ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आन्तरिक श्रोत र उपशाखा मार्फत १५ लाख ९३ हजार २ सय १० रुपैयाँ र विभिन्न संघ संस्था र स्थानीय तहबाट २० लाख ९९ हजार सात सय ३८ रुपैयाँ गरी जम्मा ६० लाख ३८ हजार आठ सय ९१ रुपैयाँ संकलन भएको जनाइएको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०७८ माघ २२, शनिबार १०:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP