इलाम ,माघ २४ ।
मेची राजमार्गमा पर्ने इलाम जिरोकिलोमिटर –धोबीधारा खण्ड आजबाट एकतर्फी संचालनमा आएको छ । इलाम नगरपालिकामा पर्ने धोबिधारा सडक खण्ड भत्किएर अवरुद्ध बनेको बनेको लामो समया भएको थियो । अबरुद्ध सडकको भित्ता खनेर सोमबार साँझदेखि एकतर्फी रूपमा सवारीका साधन गुड्न थालेको छ । गत असोज १६ गते सुख्खा पहिरो गएपछि सडकको आधाभन्दा बढी भागमा क्षति पुगेको थियो । राजमार्ग अबरुद्ध भएपछि पुर्वी पहाडको इलाम ,पाँचथर, ताप्लेजुङसम्मका सवै सवारीसाधन इलामबजार भएर सञ्चालन भइरहेको थियो । इलाम बजारभित्रको सडक सागुरो भएकोले साना ठुला सवारीसाधन बजार तर्फबाट गुढ्दा घण्टौ जाम हुने गरेको थियो । मालबाहक सवारी साधनलाई दिनभर इलाम इलामबजार आवागमनमा रोक लगाइएको थियो । मालबाहक सवारीसाधन राती मात्र संचालन हुने गरेको थियो । डिभिजन सडक कार्यालयले मर्मतको काम गरिरहेको भएपनि पुर्ण रुपमा निमार्ण हुन समय लाग्ने भएपछि एकतर्फी रुपमा सडक संचालनमा ल्याएको छ । सडक निमार्ण गर्न रातदिन काम भइरहेको भएपनि पक्की सडक बनाउन अझ केही महिना लाग्ने डिभिजन प्रमुख विदुर पोख्रेलले बताउनु भएको छ ।
प्रतिक्रिया