इलाम, माघ २४ । इलाममा रहेको बाल हेल्पलाईन १०९८ इलाम र मानव अधिकार मञ्च नेपाल इलामले सूर्योदय नगरपालिका ईलाममा कोभिडको तेस्रो लहरलाई लक्षित गरि बालबालिका तथा उनीहरुको परिवारलाई कोभिड अस्पतालमा आवश्यक पर्ने सामग्रीहरु प्रदान गरेको छ । सोमबार एक कार्यक्रमका बीच औषधी , स्वास्थ सामग्री, शैक्षिक, खेलकुद तथा मनोरञ्जनका सामग्रीहरु मानव अधिकार मन्च नेपाल इलामका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले सूर्योदय नगरपालिकाका प्रमुख लरणबहादुर राईलाई हस्तान्तरण गर्नु भएको छ । किन्नरमिसनरेक जर्मनिको सहयोगमा बालबालिका विपद सहयोग कार्यक्रम अन्तर्गत ७३ हजार बराबराकोे सहयोग गरिएको जनार्ईएको छ ।
कार्यक्रममा सुर्योदय नगरपालिकाका उपप्रमुख दुर्गादेवी भट्टराई , प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, कोभिड फोकल पर्सन विपुल अधिकारी सामाजिक विकास शाखाको संयोजक सोनाम लामा ,बालहेल्पलाईन प्रमुख भक्त थामी, घटना व्यवस्थापन अधिकृत गायत्री थेगिम, डेस्क अफिसर रन्जु थामी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया