logo
  • २०८२ जेष्ठ २ | Thu, 15 May 2025
  • आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन

    आगामी वैशाख ३० गते  स्थानीय तहको निर्वाचन

    काठमाडौँ, माघ २४ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

    यसअघि, निर्वाचन आयोगले जेठ ४ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको थियो । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचन सम्वन्धी कानूनमा खासै परिमार्जन गर्न नपर्ने आयोगले सरकारलाई परामर्श दिएको थियो ।
    यसअघि दुई चरणमा भएको निर्वाचनमा निर्वाचित पदाधिकारीहरूको समयावधि जेठ ५ गते सकिँदै छ ।



    निगरानी संवाददाता    
  • २०७८ माघ २४, सोमबार १५:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP