logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • इलाममा भएको सवारी दुर्घटनामा युवकको मृत्यु

    इलाममा भएको सवारी दुर्घटनामा युवकको मृत्यु


    इलाम , फागुन ६ ।
    जिल्लाको सुर्योदय नगरपालिका ३ तिनखुट्टे स्थित फिक्कल पशुपतिनगर सडक खण्डमा भएको दुर्घटनामा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । फिक्कल वाट पशुपतिनगर तर्फ आउँदै गरेको को १ ज ३५८९ नं. को वोलेरो गाडी र विपरित दिशा तर्फ जाँदै गरेको मे ११ प ८४९ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाईकल चालक जिल्ला इलाम सुर्योदय नगरपालिका १ वाङ्गिन वस्ने वर्ष २३ को सौगात राईको झापाको बिएण्ड्सी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
    मोटरसाईकल पछाडी सवार सुर्योदय नगरपालिका १ वाङ्गिन वर्ष २६ की सम्झना राइको   सोही अस्पतालमा उपचार भई रहेको छ ।दुवै सवारी साधन र वोलेरो चालक प्रहरीको नियन्त्रणमा रहको छ ।



    निगरानी संवाददाता    
  • २०७८ फाल्गुन ६, शुक्रबार १७:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP