logo
  • २०८२ जेष्ठ ३ | Fri, 16 May 2025
  • पशुपतिनगरमा पर्यटन प्रबर्द्धन महोत्सव

    पशुपतिनगरमा पर्यटन प्रबर्द्धन महोत्सव

    पशुपतिनगर । इलामको सुर्योदय नगरपालिका २ पशुपतिनगरमा पर्यटन प्रबर्द्धन महोत्सव २०७९ संचालन भइरहेको छ । सुस्ताएको पर्यटन क्षेत्रलाई बिउताउन र पशुपतिनगरको पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले पशुपतिनगर युवा परिवारले महोत्सवको आयोजना गरेको जनाएको छ । शनिबार महोत्सवको प्रदेश १ को पर्यटन तथा सस्कृति मन्त्री खिनु लङ्वा लिम्बूले उद्घाटन गर्नुभयो । उद्घाटन पशुपतिनगर युवा परिवारका अध्यक्ष शिशिर सुब्बाको अध्यक्षतामा भएको थियो । विभिन्न जातीय झाकी सहितको र्याली पशुपति नगर बजार परिक्रमा लगाएको थियो । महोत्सव बैशाख ७ गतेसम्म सन्चालन हुने छ । महोत्सवको प्रहिलो दिन कुबेर राई , पुजन प्रधान , भुपेन्द्र राई र कृतिका राईले प्रस्तुति दिए । स्थानीय एक्स्प्रेस डान्स सेन्टरले नृत्यहरु प्रस्तुत गर्‍यो । यस्तै दार्जिलिङ मिरिकको फ्रोजन ब्याण्ड्ले प्रस्तुति दिएको थियोे ।



    निगरानी संवाददाता    
  • २०७९ बैशाख ४, आईतवार १८:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP