इलाममा टुक्रा पारी पुरिएको अवस्थामा महिलाको शव फेला

इलाममा टुक्रा पारी पुरिएको अवस्थामा महिलाको शव  फेला

इलाम , बैशाख १७ । इलाम नगरपालिका ८ सिङफ्रिङमा एक महिलाको शब गाडेको अवस्थामा फेला परेको छ । बिगत ३ दिन देखि बेपत्ता स्थानीय अंदाजी ३१ बर्षीय बिनिता काफ्लेकाे शव गाडेको अवस्थामा आज फेला परेको हो ।

खनेको ठाउँ देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलामका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले शब माटोले छोपीएको  देखिएको बताए । ‘हामी पुरीएको शब निकाल्दै छौ, हत्या भएको शंका छ , अनुसन्धानबाट पुष्टि हुन्छ ।’एसपी श्रेष्ठले भने ।

बिनिताको पति २ बर्ष अघि मात्र बिदेशमा मृत्यु भएको र उनको ४ बर्षीय एक छोरी रहेको स्थानीयले बताएका छ । घटना बारे प्रहरीले अनुसन्धान थालेको छ ।