logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • माई नगरपालिका वडा ९ मा एमालेको प्यानल विजयी

    माई नगरपालिका वडा ९ मा एमालेको प्यानल विजयी


    इलाम जेठ १
    इलामको माई नगरपालिका वडा नम्बर ९ मा नेकपा एमालेका लिला कुमार राईको प्यानलनै विजयी भएका छन । राईले ७५४ मात प्राप्त गर्नु भएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सोम बहादुर लिम्बुले ४०२ मत प्राप्त गरे । सदस्यहरु विनोद साउदेन र गणेश तामाङ्ग मत ल्याउदै विजयी वनेका छन् । महिला सदस्यमा सोनिया लिम्बु र दलित महिला सदस्यमा कल्पना बिश्वकर्मा निर्वाचित भएका छन । माई नगरपालिकामा नेपाली कांग्रेस र माओबादी पार्टी विच गठबन्धन रहेको छ । मेयर पदका पछिल्लो मत परिणाम अनुसार एमालेले अग्रता कायम राखेको छ । एमालेका मेयर पदका उम्मेद्वार खम्वसिंह लिम्बुले १ हजार ६४० मत र माओवादी केन्द्रका उम्मेद्वार धन बहादुर लिम्बुले ९२५ मत प्राप्त गरेका छन् ।त्यस्तै उपमेयरमा एमालेका हिमा भण्डारी १५९६ र नेपाली कांग्रेसा उमेरद्वार हेम बहादुर लिम्बुले १११० मत प्राप्त गरेका छन ।



    निगरानी संवाददाता    
  • २०७९ जेष्ठ १, आईतवार १२:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP