स्थानीय तह निर्वाचन : नेतृत्वबाट बाहिरीदै महिला

स्थानीय तह निर्वाचन : नेतृत्वबाट बाहिरीदै महिला

इलाम : इलामको माङ्सेबुङ गाउँपालिकामा नेकपा एमालेबाट उपाध्यक्ष पदकी उम्मेद्वार सुनिता सुब्बालाई ६ सय ८३ मतान्तरले पराजित गर्दै गठबन्धनका तर्फबाट जनता समाजवादीका विनोद नेम्बाङ उपाध्यक्ष पदमा विजयी भए ।
गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेम्बाङले ३ हजार ७ सय २९ मत पाउँदा उनका निकटतम प्रतिष्पर्धी एमालेकी सुब्बाले ३ हजार ४६ मत पाएर बाहिरिनु प¥यो ।
सुब्बा निवर्तमान उपाध्यक्ष हुन् । पाँच बर्ष स्थानिय तह सञ्चालनको अनुभव संगालेकी सुब्बाको ठाउँमा अब पुरुष उपाध्यक्षले काम गर्ने छन् । २०७४ को स्थानीय तह निर्वाचनमा नेम्बाङ र सुब्बा उपाध्यक्ष पदका प्रतिष्पर्धी थिए ।
सन्दकपुर गाउँपालिकामा पनि उपाध्यक्ष पदमा गठबन्धन तर्फबाट एकिकृत समाजवादीका हरी लुङ्गेली विजयी भए । त्यहाँ एमालेकी उम्मेद्धार तुलसादेवी सेडाई बाहिरीन् । छ सय ५१ मतअन्तरले सेडाईलाई पछि पार्दै लुङ्गेली निर्वाचित भएका हुन् ।
महिला अधिकारको विषयमा प्रतिवद्धता पत्र नै हातमा लिएर चुनावी मैदानमा निस्कीएका दलहरुले महिलाहरुलाई प्रमुख–अध्यक्ष पदमा त अवसर दिएनन् नै उप प्रमुख – उपाध्यक्ष पदमा समेत वास्ता नगरेनन् । जहाँ अवसर पाए त्यहाँ पनि जनमतले परास्त गरिदिएपछि जिल्लाका अधिकासं पालिककामा महिलाको उपस्थिती शुन्य हुने संकेत देखिन थालेको छ ।
जिल्लाका १० पालिकामा विजयी हुने १० मेयर÷अध्यक्ष र त्यति नै सख्यमा उपमेयर ÷ उपाध्यक्ष रहन्छन् ।
प्रमुखमा इलाम नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी मायादेवी भण्डारीले उम्मेदवारी दिएकी छिन् । तर, उनी चुनावी प्रतिस्प्रधार्मा निक्कै पछि छन् ।
इलाम नगरपालिकामै गठबन्धनको तर्फबाट उपमेयरमा मौका पाएकी नेपाली काग्रेसकी विष्णु दहाल (लिम्बु) र एमालेकी सितादेवि रिजाल लगायतका महिला उम्मेद्धार मैदानमा छन् । यहाँ भने उपप्रमुखमा महिला नै विजयी हुने अवस्था छ ।
माईजोगमाई गाउँपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसकी प्रविना राई र नेकपा एमालेकी सावित्रा भट्टराई विच तिव्र प्रतिस्प्रर्धा छ । दुई मध्ये एकले गाउँपालिकाम उपाध्यक्ष पदमा काम गर्ने अवसर पाउने छन् ।
दश पालिकाका उपप्रमुख पदमा ३८ जनाले प्रतिस्पर्धा गर्दैछन् । यसमा २८ महिला प्रतिस्प्रर्धामा थिए । सत्ता गठबन्धनको तर्फबाट इलाम नगरपालिका, माईजोगमाई गाउँपालिका र रोङ गाउँ पालिकामा मात्रै उपमेयर÷उपाध्यक्ष पदमा महिलालाई अघि सारेको छ । अघिकांस तहमा गठबन्धन र नेकपा एमालेको तिव्र प्रतिस्प्रर्धा रहेको छ ।
पालिका तहमा पाँच दलीय गठबन्धन भएको सूर्याेदय नगरको मेयरमा नेकपा (एकीकृत समाजवादी)का रणबहादुर राई र उपमेयरमा नेपाली काङ्ग्रेसबाट दुर्गाकुमार बरालले उम्मेदवारी दिएका छन् । त्यहाँ काग्रेसका बरलासंग एमालेकी दुर्गा देवि भट्टराईको तिव्र टक्कर रहेको छ । छ जना उपमेयरका महिला आकाक्षीलाई पाखा लगाउँदै कांग्रेसले बराललाई अघि सारेको हो ।
गठबन्धनबीच चुनावी तालमेल भएको माई नगरपालिकाको मेयर उम्मेदवारमा नेकपा (माओवादी केन्द्र)का धनकुमार लावती र उपप्रमुख उम्मेदवारमा काङ्ग्रेसबाट हेमबहादुर लिम्बू उम्मेदवार छन् । लिम्बुको एमालेकी हिमा भण्डारीसंग तिव्र प्रतिस्प्रर्धामा छन् ।
देउमाई नगरपालिकामा काङ्ग्रेस–माओवादी गठबन्धनबाट काङ्ग्रेसका होम दुलालले मेयरमा उम्मेदवार छन् त्यही गठबन्धनबाट उपमेयर उम्मेदवारमा माओवादीका रामकुमार राई छन् । नेकपा (एस)ले समेत यहाँको उपमेयरमा केशरबहादुर राईलाई उठाएको छ । दुई पुरुषसंग एमालेकी पविमाया राई प्रतिस्प्रर्धामा छिन् ।
चुलाचुली गाउँपालिकामा काङ्ग्रेस–माओवादी गठबन्धनले काङ्ग्रेसका राजेन्द्र केरुङलाई अध्यक्षको र माओवादीका सुकबहादुर लावतीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । लावतीसंग एमालेकी दिलकुमारी लिम्बु सहित चार जना महिला प्रतिस्प्रर्धामा थिए । त्यहाँ भने दिलकुमारीले सफलता पाएकी छन् ।
फाकफोकथुममा गठबन्धनबाट काङ्ग्रेसका डिकबहादुर थापा अध्यक्ष र माओवादीका कुलबहादुर राई उपाध्यक्षको उम्मेदवार बनेका छन् । उनीसंग एमालेकी कल्पना राई प्रतिस्प्रर्धामा देखिएकी छन् ।
नेकपा (एस)का सम्मानीत नेता झलनाथ खनालले सूर्योदयमा गठबन्धनले गरेको चुनावी सभालाई सम्बोधन गर्दा दुई दलले एक एक पदमा उम्मेद्धार उठाउँदा महिला नै चाहिने प्रावधान नभएको बताए । उनले आफुहरुले जितेपछि महिलालाई ‘राम्रो ठाउँ’ दिने आश्वासन दिएका थिए । त्यहि कार्यक्रममा जिल्ला समन्वय समितिकी निवर्तमान उप प्रमुख चित्रकला बराईलीले उप प्रमुखमा महिलानै चाहिने कानुनी प्रावधान नरहेको जिकिर गरिन् ।
तर महिला अधिकारको क्षेत्रमा काम गरिरहेका महिलाहरु भने उनीहरुको उस्तो तर्कलाई स्विकार गर्दैनन् । नेपाल ट्रेड युनियन काग्रेसकी केन्द्रिय सदस्य कमला सिवाकोटी भन्छिन् ‘नीति निर्माण तहमा महिलाहरुको पहुच अभिबृद्धी गर्ने उद्देश्यले पालिकामा समेत प्रमुख वा उपप्रमुख मध्ये एक हुनुपर्ने संबैधानिक प्राबधानलाई गठबन्धनको नाममा बेवास्ता गरेर महिलाको अधिकार कटौती गर्नु ठिक होइन। यसले महिलाहरुलाई राजनितिमा उपेक्षा गरेको प्रष्ट हुन्छ । यस्तै हुँदै जाने हो भने महिलाहरु जो मतदानका महत्त्वपूर्ण हिस्सेदार हुन, ऊनीहरुले मतदान बहिस्कार गर्ने परिस्थिति निर्माण हुन सक्छ र लैङ्गिक सदभावमा असर पर्न सक्छ ।’
टिकट पाएर पनि महिला पराजित हुने अवस्था चाहि महिलालाई हेर्ने समाजको नजरको प्रतिविम्बको रुपमा महिला अगुवाहरुको बुझाई छ । सिवाकोटी भन्छिन् ‘टिकट पाएका महिलाहरुले हार्नु पर्ने कारण चाहिँ चुनाव खर्चिलो, महङ्गो हुँदै गएको र महिलाहरुलाई चुनाव प्रचार प्रसारमा सहयोग जुटाउन समेत गाह्रो भएकाले महिलाको पक्षमा परिणमा आउन नसकेको हो ।’ महिलालाई कमजोर ठान्ने समाजको दृष्टिले पनि अघि बढ्न समस्या भएको उनको विश्लेषण छ ।
महिला अधिकारको क्षेत्रमा कार्यरत सूर्योदय महिला मञ्चकी सचिव साधना फागो टिकट नै नदिनु पुरुषवादी सोचको परिणाम भएको बताउँछिन् । उनी भन्छिन् ‘पुरुषले जति गर्न सक्दैनन् भन्ने सोचकै कारण महिलाहरुलाई अवसरबाट बञ्चीत गरेको पाइन्छ , यहाँ पनि त्यहि भयो ।’ महिलाहरुमा दह्रो एकता नभएकै कारण निर्वाचन परिणम महिलाको पक्षमा नआएको उनको आँकलन छ ।
अधिकारकर्मी गोमा प्रधानलाई पनि स्थानीय निर्वाचनमा महिलाको क्षमता मार्थी पूरुष सत्ताले प्रहार गरेको जस्तै लागेको छ । उनी भन्छिन् ‘ कतिपय ठाउँहरुमा संबिधानले नै महिलाको कोटा सुनिश्चित गरेता पनि पाँच दलीय गठबन्धनका कारण महिलाले पाउनु पर्ने टिकटमा कटौती भएको पाइयो सायद पुरुष उम्मेदवारहरुको बढी राजनीतिमा पहुँच र प्रतिस्पर्धा भएकोले होला । नेतृत्व भनेको क्षमता हो पद होइन त्यो क्षमता देखाउनको लागि त पदमा पुग्नु प¥यो नि ? त्यहाँ सम्म पुग्न नै पाई रहेको छैन महिलाहरुले आश्वासन मात्रै पाइरहेका छन। अवसर दिइरहेका छैन ।’
उनको तर्क छ ‘राजनीतिमा यदि अवसर पाई हाले भने पनि पाएको ठाउँमा पराजित हुनुको कारण चै महिलाको नेतृत्व र अस्तित्व अझै पनि हाम्रो समाजमा स्वीकार्न सकिरहेको छैन, महिलाले काम गर्न सक्दैन भन्ने मासिकताको कारण टिकट पाएका ठाउँमा पराजित भएको हो कि जस्तो लाग्छ ।’
महिलाहरुले पनि आफ्नु पार्टी भित्र विद्रोह गर्नु सक्नुपर्ने प्रधान धारणा छ । संविधानले सुनिश्चित गरेको ठाउँमा मात्रै होइन अरु ठाउँमा पनि नेतृत्व गर्न सक्छौ टिकट चाहियो भनने आँट महिलाहरुमै पलाउनु पर्ने उनी बताउछिन् । उनि भन्छिन् ‘हाम्रो समाजको सोचलाई परिवर्तन गर्न महिला नेतृहरुले कुशलताको साथ भुमिका खोल्नु पर्छ ।’
दलको सदस्यता लिएका महिलाहरु भने नेताहरुले ‘थर्काउने डरले ’ पनि मौनता र कुण्ठा पालेर बस्ने गरेका छन् । अनौपचारीक कुराकानीमा ‘गलत भयो’ भन्ने महिलाहरु बाहिर निस्केर बोल्न सक्दैनन् ।बाह्रखरीबाट