इलाम , जेठ ३० । स्थानीय तह दोस्रो कार्यकालको निर्वाचनबाट नयाँ नेनृत्व आएपछि इलाम नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । सोमबार बसेको बैठकले विभिन्न निर्णय गर्दे सम्पन्न भएको पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । स्थानीय राजश्व परामर्श समितिमा कार्यपालिकाका सदस्यहरू वडाध्यक्ष दुर्गा श्रेष्ठ र धनमाया लिम्बुलाई तोक्ने निर्णय गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ ।श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिमा प्रमुखबाट वडाध्यक्ष श्री लाखमान लिम्बु, वडाध्यक्ष श्री गोपाल चौहान, देवेन्द्र मुखिया, कुमारी लुवागुनल्लाई सदस्य तोकेको छ ।
मिति २०७९।२।३० को इलाम नगरपालिका, नगर कार्यपालिकाको बैठकको निर्णयहरु :
निर्णय नं. १
इलाम नगर कार्यपालिकाको गत बैठकहरुबाट भएका निर्णयहरुको कार्यान्वयन तथा प्रगति सम्बन्धमा समीक्षा गर्दै कार्यान्वयन हुन बाँकी पूर्व निर्णयहरुलाई यथासमयमा कार्यान्वयनको व्यवस्था मिलाउने निर्णय गरियो ।
निर्णय नं. २
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ बमोजिम गठन हुने स्थानीय राजश्व परामर्श समितिमा कार्यपालिकाका सदस्यहरु वडाध्यक्ष श्री दुर्गा श्रेष्ठ र का.पा.स. श्री धनमाया लिम्बुलाई तोक्ने निर्णय गरियो ।
निर्णय नं. ३
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६६ बमोजिम गठन हुने सोत अनुमान तथा बजेट सीमा निर्धारण समितिमा प्रमुखबाट वडाध्यक्ष श्री लाखमान लिम्बु, वडाध्यक्ष श्री गोपाल चौहान, का.पा.स. श्री देवेन्द्र मुखिया, का.पा.स. श्री कुमारी ल्वागुनलाई सदस्य तोकिएको व्यहोरा जानकारी भयो ।
निर्णय नं. ४
इलाम नगरपालिका, विषयगत समिति (कार्यसञ्चालन) कार्यविधि, २०७८ को दफा ३(१) बमोजिम गठन हुने विषयगत समितिको संयोजकमा निम्नानुसार तोक्ने निर्णय गरियो । साथै सो विषयगत समितिको सदस्य पदमा नगर प्रमुखबाट निम्नानुसार सदस्य तथा आमन्त्रित सदस्य तोकिएको व्यहोरा समेत जानकारी भयो ।
सामाजिक विकास समितिको संयोजकमा वडाध्यक्ष ओमनाथ प्रधान सदस्यमा कार्यपालिका सदस्य बिरेन्द्र बहादुर राई र कुमारी लुवागुन रहेका छन् भने आमन्त्रित सदस्यमा सुनिता कर्माचार्य,छत्र चौहान र बसन्ती घतानी रहेका छन् ।
पूर्वाधार विकास समितिको संयोजकमा वडाध्यक्ष गोपाल चौहान, सदस्यमा दलमान तामाङ र धनमाया लिम्बु र आमन्त्रित सदस्यमा मधु श्रेष्ठ, रूप बहादुर खड्का र खिना बस्नेत रहेका छन् । त्यस्तै आर्थिक विकास समितिको संयोजकमा काजीबहादुर श्रेष्ठलाई तोकिएको छ भने सदस्यमा गायत्री राम बस्नेत र सरी माया कमिनी रहेका छन् । आमन्त्रित सदस्यमा सुवर्ण खड्का, मुनादेवी रसाइली र विष्णु सुब्बा रहेका छन् ।
वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजकमा नरेश श्रेष्ठ, सदस्यमा टासी जबेगु र डायना राई रहेका छन् भने आमन्त्रित सदस्यमा रिना घिमिरे घले, प्रकाश अधिकारी, नानुका खत्री र दिव्या भट्टराई रहेका छन् । त्यस्तै सुशासन तथा संस्थागत विकास समितिको संयोजकमा गिरिराज रिजाल सदस्यमा दीपक तिखत्री र विवि लिम्बु रहेका छन् भने आमन्त्रित सदस्यमा बद्री खड्का, मोहन विष्ट र रोमी कोइराला रहेका छन् ।
निर्णय नं. ५
इलाम नगरपालिकाका पमुख श्री केदार थापाबाट जारी गरिएको मिति २०७९।२।९ को पहिलो कार्यसूची र मिति २०७९।२।२७ को दोस्रो कार्यसूची निम्नानुसार अनुमोदन गर्ने निर्णय गरियो ।
इलाम नगरपालिकाका नगर प्रमुख श्री केदार थापाको मिति २०७९।२।२७ को दोस्रो कार्यसूची
१) इलामको पर्यटन प्रवद्र्धनका लागि मिति २०७८।९।३० मा तारा एयरलाइन्स र इलाम न.पा. बिच संझौता भई सोपश्चात पटक पटकको पत्राचार समेतको आधारमा काठमाडौ इलाम काठमाडौ हवाइ उडान भई १२ प्mलाइट उडान पूरा भइसकेको र नगर कार्यपालिकाको कार्यालयको च.नं. ४०८५ मिति २०७९।१।२६ पत्रानुसार अर्को संझौता नहुन्जेलसम्म सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप सो संझौताको शर्त र सोपश्चात पटक पटक भएको समझदारी तथा आर्थिक दायित्वको व्यावहारिक अभ्यास अनुरुप नगरपालिकाले व्यहोर्नु पर्ने आर्थिक दायित्व साझेदारी गरी सो मिति २०७८।९।३० को संझौताबमोजिमको १२ उडान पूरा भइसकेकोले उक्त संझौता स्वतः निष्कृय गरी नयाँ संझौताको लागि तारा एयरलाइन्सलाई अनुरोध गर्ने ।
२) इलामको पर्यटन प्रवद्र्धनका लागि फाल्गुनन्द विमानस्थलमा नेपाल एयरलाइन्सले मिति २०७८।१०।२६ मा परीक्षण उडान गरी मिति २०७८।११।१ मा विमानस्थलको उद्घाटन कार्यक्रममा समेत उडान गरि सकेको हुनाले सुलभ भाडादरमा प्रत्येक हप्ताको १ दिन फाल्गुनन्द सुकिलुम्वा विमानस्थलबाट काठमाडौ इलाम काठमाडौ उडान गरि दिन नेपाल एयरलाइन्सलाई अनुरोध गर्ने ।
३) स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित इलाम नगरपालिकाका पदाधिकारीहरुले “म भ्रष्ट्राचार गर्ने छैन र भ्रष्ट्राचार गर्न दिने छैन्, इलाम नगरवासीप्रति इमान्दार, जिम्मेवार र जवाफदेही रहनेछु” भनी शपथ गहण गरिसकेको र भ्रष्ट्राचार शून्य नीति अवलम्बन गर्दै वर्तमानको विकृति विसङ्गति न्यूनीकरण गरी सदाचार पद्धति स्थापनाका लागि इलाम नगरपालिकाअन्तर्गत गठित विभिन्न समिति, उपसमिति, प्रतिष्ठान, कार्यदल, विव्यस र उपभोक्ता समितिका पदाधिकारीहरुलाई समेत इलाम नगरपालिकाका प्रमुख (प्रमुखको अनुपस्थितिमा उपप्रमुख तथा न्यायिक समितिका संयोजक) को रोहबरमा १ महिना भित्रमा शपथ गराउने, सो समयावधिभित्र शपथ नगर्ने तथा शपथ गर्न इन्कार गर्ने पदाधिकारीहरुको हकमा निजलाई सो पदबाट फिर्ता गरी कार्यपालिकाबाट मनोनयन गर्ने भनिएको पदमा कार्यपालिकाको निर्णयानुसार र नगर प्रमुखबाट मनोनयन गर्ने भनिएको पदमा नगर प्रमुखबाट अर्को मनोनयनको व्यवस्था मिलाउने ।
४) इलाम नगरका सिर्जनशील स्रष्टाहरुलाई वार्षिक रुपमा पुरस्कार तथा आर्थिक सहयोग गरी उत्प्रेरित, प्रोत्साहित र सम्मान गर्नका लागि इलाम नगरपालिका वडा नं. ७ मालापथ निवासी स्व. गंगादेवी श्रेष्ठ र स्व. बद्री शाहको पुण्य स्मृतिमा “गंगादेवी श्रेष्ठ÷बद्री शाह स्रष्टा सम्मान कोष” स्थापना तथा सञ्चालन र व्यवस्थापनका लागि रु १ लाख रकम अक्षय कोषमा प्रदान गर्ने र सोको ब्याजबाट कोष सञ्चालन गर्ने गराउने इच्छा गरी इलाम नगरपालिका वडा नं. ७ मालापथ बस्ने रामकुमार शाहले मिति २०७९।२।११ मा दिएको निवेदन स्वीकृत गरिएकोले सो कोष स्थापना गर्ने, कोषको अक्षय कोष तथा अन्य बैकिङ्ग कारोबारको लागि प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको दस्तखतबाट सञ्चालन हुने गरी बैंक खाता खोल्ने साथै कार्यपालिकाबाट अर्को व्यवस्थापन नहुन्जेलसम्मका लागि सो कोषको सञ्चालन, व्यवस्थापन तथा सिफारिसका लागि संयोजकमा विशिष्ट नागरिक श्री युद्धप्रसाद बैद्य, उपसंयोजक श्री कृष्णकुमार शाह, सदस्यहरु निवर्तमान नगर प्रमुख महेश बस्नेत, पूर्व नगर प्रमुख श्री हिमालय कर्माचार्य, पूर्व उपप्रमुख श्री कृष्णप्रसाद श्रेष्ठ, पत्रकार महासंघ पूर्व अध्यक्ष श्री धर्म गौतम, इन्जिनियर श्री गोपाल श्रेष्ठ, इन्जिनियर श्री सुरेश नेम्वाङ्ग, साहित्यकार श्री डम्बर पहाडी, साहित्यकार श्री राधेश्याम लेकाली, कवि श्री बिमल बैद्य, प्रतिनिधि, साहित्य कला संगीत प्रतिष्ठान इलाम, सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत श्री कालीबहादुर भुजेल रहेको समिति गठन गनें ।
५) इलाम नगरमा बसाइ सरी आउने नयाँ परिवारलाई उपयुक्त समय मिलाई वडाध्यक्षबाट घरदैलोमा स्वागत कार्यक्रम गर्ने र २०७९ श्रावण १ गतेदेखि सो बसाइ सरी आउने नयाँ परिवारको मुख्य व्यक्तिलाई पञ्जीकरण प्रमाणपत्र समेतको आधारमा वडा कार्यालयबाट स्वास्थ्य बीमा कार्ड उपलब्ध गराउने ।
६) भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रशासन सहकारी ता गरिबी निवारण महाशाखा सिंहदरबारको च.नं. ८५ मिति २०७८।७।८ को पत्रानुसार गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम इलाम नगरपालिका समेत लागू भई तथ्याङ्क संकलनको कार्य अन्तिम चरणमा पुगिसकेको हुँदा सो कार्यक्रमअन्तर्गत गरिव परिवार परिचय पत्र प्राप्त गर्ने परिवारमध्येबाट प्रति वडा २० घरपरिवारका दरले अति विपन्न गरिव परिवारलाई ५० प्रतिशत लागत साझेदारीमा वडा कार्यालयमार्पmत स्वास्थ्य बीमा कार्ड उपलब्ध गराउने ।
६) इलाम अस्पताल र इलाम अस्पतालको रेफर अस्पतालमा जन्मेका प्रत्येक बच्चालाई जन्मदर्तासँगै ३ वर्षसम्म दोहोरो नपर्ने गरी स्वास्थ्य बीमा सुविधा र स्थानीय सहकारी संस्थामा बाल बचत खाता खोल्न वडा कार्यालयको बजेटबाट रु १ हजार अनुदान दिने कार्य २०७९ श्रावण १ देखि प्रारम्भ गर्ने र सोको लगत तथा आवश्यक कागजात संकलन कार्य इलाम अस्पतालस्थित नगरपालिकाबाट सञ्चालित स्वास्थ्य हेल्प डेस्कमार्पmत अगाडि बढाउने ।
७) नक्सापास अभियानलाई अझ प्रभावकारी गर्न तथा स्थानीयस्तरमै रोजगारी सिर्जनाका लागि नक्सापासको दायरा बाहिर रहेका घरहरुलाई सहज ढङ्गले नक्सापास गर्ने गराउने व्यवस्था मिलाउने र नक्सापासको दायरा बाहिर रहेका जग्गाधनीहरुका बारेमा तथ्यगत सूचना दिई सहयोग गर्ने सूचीकृत बेरोजगारहरुलाई २०७९ श्रावण १ देखि लागू हुने गरी सूचनाको सत्यापन प्रमाणित भएपश्चात प्रति सूचना रु २५००।०० का दरले रकम उपलब्ध गराउन वडा कार्यालयहरुमार्पmत सूचीकृत बेरोजगार तथा श्रमिकहरुको लगत अद्यावधिक गर्न गराउने कार्य तत्काल शुरु गर्ने ।
८) सामुदायिक विद्यालयमा खेलकूद, अतिरिक्त क्रियाकलाप, संगीत तथा नृत्य, आयुर्वेद तथा योग ध्यान प्रशिक्षणका लागि प्रत्येक विद्यालयमा न्यूनतम १५ देखि ३० दिनसम्मको अतिरिक्त कक्षा सञ्चालनका लागि वैतनिक प्रशिक्षक परिचालन गर्न सम्बन्धित क्षेत्रका विषय विज्ञ वा प्रशिक्षकहरुको सूची (रोस्टर) तयार गर्ने ।
९) इलाम नगरपालिकाबाट प्रवाह हुने सेवा प्रवाहसम्बन्धी पृष्ठपोषण तथा सेवाग्राही सन्तुष्टि सर्वेक्षणका लागि सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम ९भ्हष्त एयिि० भराउने गरिएकोमा सो सर्वेक्षण फारामहरुमा छलफल हुँदा सेवाग्राहीबाट प्राप्त गुनासो तथा सुधार गर्नु पर्ने सुझावहरुलाई ध्यानमा राखी सेवा सुविधाको स्तर अभिबृद्धि गरी सेवाग्राहीलाई सन्तुष्ट बनाउन आवश्यक प्रयत्न जारी राख्ने र सो फाराम वडा कार्यालयका सेवाग्राहीहरुलाई समेत भराई वडा समितिमा छलफल भएको निर्णयसाथ सूचना शाखामा अभिलेख राख्ने ।
निर्णय नं. ६
इलाम नगरमा रहेको वि.सं. १९२० मा रोपिएको ऐतिहासिक इलाम चिया बगान र वि.सं. १९३५ मा सञ्चालनमा आएको ऐतिहासिक चिया कारखाना १५० वर्ष भन्दा पुरानो पुरातात्विक सम्पदा भएको हुनाले यस सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।
निर्णय नं. ७
इलाम नगरपालिका वडा नं. ७ जनकचोक छेउमा निर्मित कृषि तथा पशुपंक्षी खरिद बिक्री भवनको जमिन तलामा वडा वडाबाट आएका सागसब्जी तथा तरकारीलाई सहज बेचबिखनलाई प्रोत्साहित तथा बजारीकरण गर्नका लागि स्थानीय सहकारी संस्था, व्यापारिक प्रतिष्ठान, कृषि समूह तथा इच्छुक व्यापारी व्यवसायीहरुलाई भाडामा लगाउन भाडादर निर्धारणका लागि राजश्व परामर्श समितिमा पठाई समितिको राय परामर्श अनुसार भाडामा लगाउने प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।
निर्णय नं. ८
इलाम पशुपंक्षी पालनमा अग्रस्थानमा रहेको हुनाले पशुधनको सुरक्षा तथा पशुपंक्षी पालक किसानहरुलाई सुविधाका लागि इलाम नगर क्षेत्रमा भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र सञ्चालनमा रहेकोमा सो केन्द्रलाई स्तरोन्नति गर्नु पर्ने आवश्यकता देखिएको हुनाले सोको स्तरोन्नतिका लागि १ नं. प्रदेश सरकारमा अनुरोध गर्ने निर्णय गरियो ।
निर्णय नं. ९
इलाम नगरको वडा वडामा उत्पादित सागसब्जी तथा तरकारीको सहज बजारीकरणका लागि सहकारी संस्थाको सहकार्यमा वडा वडामा संकलन केन्द्र स्थापना तथा मल, बीउबिजन बिक्री वितरणका लागि सहकारी, श्रम तथा रोजगार शाखाबाट आवश्यक सर्भेक्षण र वडा समितिको सुझाव समेतका आधारमा सहकारी संस्था छनौट गरी कार्ययोजना तयार गर्ने निर्णय गरियो ।
निर्णय नं. १०
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १३ बमोजिम नगरपालिकाले आप्mनो क्षेत्रभित्रको निर्माण कार्य तथा अन्य सेवाको प्रयोजनको लागि निर्माण सामग्री, ज्याला, भाडा तथा महसुलको स्थानीय न्यूनतम दररेट तोक्नु पर्ने भएकोले साविकको न्यूनतम दररेटमा समयानुकूल परिमार्जन गर्दै आ.ब. २०७९।०८० को लागि न्यूनतम दररेट तोक्ने निर्णय गरियो ।
निर्णय नं. ११
झापादेखि इलाम हुँदै पाँचथर ताप्लेजुङ्गसम्म सहज आवागमनका लागि मेची राजमार्ग सञ्चालनमा रहेकोमा वैकल्पिक राजमार्गको रुपमा इलाम गोलाखर्क भन्ज्याङ्ग बेलासे चिसापानी सुखानी शनिश्चरे बिर्तामोड हुँदै झापासम्म जोड्ने सडक निर्माणको कार्य भई रहे पनि इलाम सदरमुकामलाई झापाको बिर्तामोडसम्म छोटो दूरीको यात्राबाटै जोड्ने यस वैकल्पिक राजमार्गलाई चाडो भन्दा चाडो कालोपत्रे गरी सञ्चालनमा ल्याउनका लागि संघीय सरकार समक्ष आवश्यक पहल गरी कालोपत्रे सडक निर्माणमा थप तीब्रता ल्याउने उद्देश्यका साथ आगामी ११ औ नगरसभा पछि इलाम नगरपालिकाको प्रतिनिधिमण्डल काठमाडौ जाने निर्णय गरियो ।
निर्णय नं. १२
इलाम नगरपालिकाको आ.ब. २०७८।०७९ का लागि विनियोजित निम्न शीर्षकको निम्नानुसारको रकम रकमान्तर÷योजना परिवर्तन गर्ने निर्णय गरियो ।
बजेट शीर्षक विनियोजित रकमान्तर गर्न सकिने क्र.सं. १८४ माइघाटमा टहरा तथा खानेपानी निर्माण ५,००,०००।०० रकमान्तर गर्नु पर्ने शीर्षक तथा कार्यक्रम रकम क्र.सं. १८४ सिलपुरदेखि काइलाटार हुँदै माइघाट जाने सडक स्तरोन्नति५,००,०००।००
निर्णय नं. १३
इलाम नगरपालिका, नगर कार्यपालिकाको मासिक बैठक प्रत्येक महिनाको ५ गतेका दिन बस्ने गरेकोमा सो मितिलाई परिवर्तन गर्दै प्रत्येक महिनाको ६ गतेका दिन बिहान ८ बजे र अन्य समयमा आवश्यकतानुसार कार्यपालिका बैठक बस्ने निर्णय गरियो ।
निर्णय नं. १४
इलाम नगरपालिका वडा नं. ७ बजार क्षेत्रसँग जोडिएको सिंहबाहिनी खोल्सी, भ्mयाउकिरी खोल्सी, कुलधारा खोल्सी, नारायणथान खोल्सी लगायत अन्य वडामा समेत रहेका विभिन्न खोल्सीहरुलाई विपद जोखिमका दृष्टिले व्यवस्थापन गर्नका लागि प्राविधिक अध्ययन हुनु आवश्यक देखिएको तर यस न.पा. मा सो प्राविधिक अध्ययनका लागि विज्ञ नभएको हुनाले विज्ञटोली खटाई सो खोल्सीहरुको प्राविधिक अध्ययन गर्ने कार्यमा सहयोग गरि दिन हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौमा अनुरोध गर्ने निर्णय गरियो ।
निर्णय नं. १५
इलाम नगरपालिका वडा नं. ७ चोकबजारस्थित पिपि टावरमा जडान भएको घडी बिग्रिएको हुनाले सो स्थानमा डिजिटल घडीको व्यवस्था मिलाउने निर्णय गरियो ।
निर्णय नं. १६
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३६ बमोजिम नगरपालिकाले अन्य गाउँपालिका तथा नगरपालिकासँग साझेदारी, सम्झौता वा संयुक्त व्यवस्थापनमा विविध कार्यहरु गर्न सक्ने भएको हुनाले निम्न कार्यहरुको लागि इलाम जिल्लाको सन्दकपुर गाउँपालिका, रोङ्ग गाउँपालिका र सूर्योदय नगरपालिकासँग साझेदारी संझौता गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।
निम्न ः
१) पर्यटन, प्रविधि तथा संस्कृतिको प्रवद्र्धन र विकास
२) विपद् व्यवस्थापन
३) फोहोरमैला विसर्जनस्थल वा प्रशोधन प्रणालीको विकास र सञ्चालन
निर्णय नं. १७
इलाम नगरपालिकाबाट बैंकिङ्ग प्रणालीमार्पmत सामाजिक सुरक्षा भत्ता वितरण भइरहेकोमा बृद्धबृद्धा, अशक्त तथा बिरामी लाभग्राहीहरुलाई बैंकसम्म आउन जान कठिनाई भएको, लाभग्राहीहरुले भत्ता बुभ्mन ज्यानै फाल्नु पर्ने अवस्था रहेको, स्वयं उपस्थित हुनु पर्ने अवस्थाका कारण निकै कठिनाई रहेको जस्ता गुनासो प्राप्त भएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको च.नं. ४८८५ मिति २०७८।५।२० तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. ७८ मिति २०७८।५।२८ को निर्देशन समेतलाई ध्यानमा राखी सामाजिक सुरक्षा भत्तालाई अझ सहजीकरण गरी वडा कार्यालयहरुमा समयतालिका बनाई वितरण गर्ने गराउने व्यवस्था मिलाउन सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा संलग्न बैंकहरुसँग समन्वय गर्ने निर्णय गरियो ।
प्रतिक्रिया