इलाम असार ४
इलामको जिल्ला समन्वय समितिमा नेकपा एकीकृत समाजवादी र नेकपा एमाले गठबन्धन बाट विजयी बनेका छन । जिसस गठनमा दुवै पार्टीले तालमेल गरि बिजयी हासिल गरेका छन् । शनिबार सम्पन्न निर्वाचनमा गठबन्धनबाट एमालेले जयप्रकाश रार्ई जिसस प्रमुखमा बिजयी हुनु भएको हो । उप्रप्रमुखमा नेकपा एसले उपप्रमुखमा चित्रकला बराइली विजयी बन्नु भएको छ ।
गठबन्धनबाट ९ सदस्यीय जिससमा एमालेबाट प्रमुखसहित ३ खुला र २ महिला सदस्य, नेकपा (एस)बाट उपप्रमुखसहित १ दलित महिला सदस्य र १ महिला सदस्य निर्वाचित भएका छन् ।
खुला सदस्यमा एमाले बाट उम्मेद्धार बनेका रामप्रसाद लिम्बु , शेर बहादूर खालिङ र प्रेमराज गुरुङ निर्वाचित बने भने महिला सदस्यमा मीनाकुमारी राई र सीता कार्की उम्मेदवार बिजयी भएका छन् । नेकपा एसका उम्मेद्धार दलित महिला सदस्य तृष्णा लोहार र महिला सदस्य सपनादेवी राई सेर्पा बिजयी भएका छन् ।
जिल्लाका १० पालिकाका २० प्रमुुख र उपप्रमुखमध्ये एमाले एक्लैको १० मत थियो। कांग्रेसको ७, नेकपा एसको २ र जसपाको १ मत थियो। एमाले , नेकपा एस र जसपा गठबन्धन हुँदा यो गठबन्धनको बहुमत १३ मत पुगेको थियो । नेपाली काँग्रेसबाट प्रमुखमा बिमल बैद्य, उपसभापतिमा कमलादेवी अधिकारी, महिला सदस्यमा ख्यामकुमारी घले र रिना राई, दलित महिला सदस्यमा पार्वता बिश्वकर्मा एवं खुल्ला सदस्यमा राजकुमार लिङ्गदेन र बिष्णु भटटराईले निर्वाचनमा भाग लिएका थिए ।
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गृहजिल्ला इलाममा स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन भएपनि सूर्योदय नगर कार्यपालिका गठनमा एमाले–नेकपा एसले गठबन्धन गरेको थियो । जिसस गठनमा पनि एमाले र नेकपा एसले गठबन्धन गर्ने सहमति गरेका थिए । यही गठबन्धनमा अहिले जनता समाजवादी पार्टीले समेत सहयोग गरेको थियो ।
प्रतिक्रिया