इलामको माङसेबुङमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
इलामको माङसेबुङमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु


इलाम असार १२
इलामको माङसेबुङमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका २ दहगाउँमा यात्रुवाहक जिप दुर्घटना हुँदा पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र इलामको माङसेबुङ गाउँपालिका ६ का ५० वर्षीय जयकुमार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार मध्याह्न १२ बजे पाँचथरको रबिबाट झापाको दमकका लागि छुटेको मे १ ज ४८७ नं. को जिप सडकबाट करिब २ सय मिटर तल झरेको थियो । दुर्घटनामा परी हिमप्रसाद र प्रकाशको घटनास्थलमै मृत्यु भएको थियो भने पदमकुमारीको उपचारका लागि दमक अस्पताल लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामका डिएसपी गंगा बहादुर थापाले बताउनु भएको छ । चालक समान्य घाइते छन् ।