श्रीकृष्ण प्रणामी युवा परिषद इलामको साधारण सभा सप्पन्न

श्रीकृष्ण प्रणामी युवा परिषद इलामको साधारण सभा सप्पन्न

इलाम : श्रीकृष्ण प्रणामी युवा परिषद इलामको साधारण सभा सप्पन्न भएको छ । परिषद इलाम अध्यक्ष शेखर भट्टराईको अध्यक्षता तथा श्रीकृष्ण प्रणामी युवा परिषद केन्द्रिय सदस्य राजु कट्टेलको प्रमुख आतिथ्यतामा भएको सभाले विभिन्न निर्णय गरेको छ । श्रीकृष्ण प्रणामी मन्दिर सूर्योदय नगरपालिका १० आरुबोटेमा सम्पन्न सभामा परिषदका सचिव दिपेन्द्र आचार्य प्रगती विवरण र भाबी कार्यक्रमको लागि प्रस्ताव पेस गर्नु भएको थियो । विगत एक वर्षमा परिषदले साकाहारी अभियान अन्ततर्गत फिक्कल बजारमा मा र्याली, तीन दिने आत्मा जागरण शिविर, विभिन्न मठ मन्दिर सर सफाइ तथा दीप प्रज्वलन बाल उत्थान तथा नेतृत्व विकासका लागि बाल मण्डली सन्चालन लगायत विभिन्न कार्यक्रम गरेको जनाएको छ । आगामी दिनमा उद्घोषण तालिम ,रक्तदान तथा स्वस्थ शिविर ,विभिन्न मठ मन्दिरमा फूल बगैचा निर्माण , बृक्षारोपण , विभिन्न विद्यालयमा दुर्ब्यसनी विरुद्धको सचेतना कार्यक्रम गर्ने प्रस्ताव सभाले पास गरेको छ् । विभिन्न संघ सस्था तथा ब्यक्तिहरु संग सहकार्य गरेर कार्यक्रमहरु संचालन गरिने परिषद अध्यक्ष शेखर भट्टराईले बताउनु भयो ।
प्रमुख अतिथि केन्द्रिय सदस्य राजु कट्टेलले युवा परिषद इलामले भौगोलिक र आर्थिक अभावको वावजुद अत्यन्तै राम्रो काम गरेको भन्दै युवाहरुमा आध्यात्मिक र नैतिक चिन्तनको विकास मात्र नभएर नेतृत्व विकास गर्न महत्वपूर्ण कार्य गरेको बताउनु भयो।कार्यक्रममा परिषदका केन्द्रिय सल्लाहकार कृष्ण प्रसाद सुवेदी , परिषद इलामका उपाध्यक्ष सबिता पाण्डे लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सस्थाको सहसचिव सफलता राईले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बाइजुराज इलाम अध्यक्ष , परिषदका पदाधिकारी तथा सदस्यहरु , लगायत श्री कृष्ण प्रणामी समाजका अग्रज तथा युवाहरूको उपस्थिति रहेको थियोे ।