इलाम, कार्तिक २९ ।
आसन्न प्रतिनिधी र प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गरेर आगामी मंसीर १ गते देखि इलामको पशुपतिनगर नाका बन्द हुने भएको छ । निर्वाचनलाई स्वतन्त्र , निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारत सँग सीमा जोडिएको इलाम जिल्लाको सम्पुर्ण सीमा नाकाहरु बन्द गर्ने इलामका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले बताउनु भयो । मंसीर १ गते राती १२ बजेदेखि मतदान हुने दिन मंसीर ४ गते राती १२ बजेसम्म बन्द रहने जिल्ला प्रशासन कार्यलय इलामले सुचना जारी गरी जनाएको छ । निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न सुरक्षा व्यवस्थाको सम्पुर्ण तयारी भइसकेको जिल्ला प्रशासन कार्यलय इलामले जनाएको छ ।
जिल्लामा एकीकृत सुरक्षा योजना २०७९ लागु भइसकेको छ । मतदान स्थलको सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिक्रिया