इलामको बौद्धपार्कमा सोनाम ल्होसार मनाउदै (फोटो फिचर)

इलामको बौद्धपार्कमा सोनाम ल्होसार मनाउदै (फोटो फिचर)


इलाम , माघ ८ :आज तामाङ समुदायले सोनाम ल्होसार अर्थात् नयाँ वर्ष मनाइरहेका छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा सोनाम ल्होसार मनाइन्छ ।मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९औँ वर्ष सुरु भएको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजदेखि बाघ वर्ष पूरा गरी खरायो वर्ष प्रवेश हुन्छ ।


इलाम नगरपालिका वाड न. ८ स्थित महभिरको बौद्धपार्कमा सोनाम ल्होसार भव्यताको साथ मनाइएको छ । पुजाआजा , शुभकामना आदानप्रदान गरी तामाङ समुदाय बौद्ध धर्मावलम्वी लगायल अन्य सम्प्रदाय तथा जातजातीका मानिसहरुले हर्षोल्लासका साथ ल्होसार मनाएका छन ।

ल्होसारको अवसरमा आइतबार बौद्धपार्कमा इलाम नगरपालिकाले एकवर्ष अघि नै निर्माण गरेको भगवान गौतम बुद्धको प्र्र्रतिमाको लामागुरुहरुबाट धार्मिक विधीवाट पुजापाठ गरिएको छ । शुभ अवसर पारेर पाठ पुजा गर्नुपर्ने भएकोले ल्होसारको अवसर पारेर विधिवत रुपमा पुजा गरिएको जनाइएको छ ।

चारजना लामागुरुहरुले तीन दिनसम्म पुजा पाठ गरेका छन । भगवान गौतम बुद्धको प्र्र्रतिमा स्थापना गरेपछि पुजापाठ गरी धार्मिक आस्थाको केन्द« बनाउने नेपाल तामाङ घेदुङ इलाम जिल्ला अध्यक्ष सन्तलाल तामाङले बताउनु भएको छ ।

तस्वीर :सविता पाण्डे