इलाम नगरपालिकाद्वारा निः शुल्क स्वास्थ्य शिविर , दुई हजार ५० जनाको स्वास्थ्य परिक्षण

इलाम नगरपालिकाद्वारा निः शुल्क स्वास्थ्य शिविर ,  दुई हजार ५० जनाको स्वास्थ्य परिक्षण


इलाम, चैत्र ११: इलाम नगरपालिकाले आयोजनामा गरेको दुई दिने निः शुल्क स्वास्थ्य शिविरका दुई हजार ५० जनाले स्वास्थ्य परिक्षण गराएका छन् । शुक्रबारबाट सुरु भएको शिविर शनिबार सम्पन्न भएको हो । 
शिविर सञ्चालनको पहिलो दिन एघार सय ५९ र शनिवार नौ सय १५ जनाको स्वास्थ्य उपचार भएको छ । 
इलाम अस्पतालमा भएको शिविरमा बि एण्ड सी अस्पताल विर्तामोडको प्राविधिक सहयोग रहेको थियो । 
शिविरमा सबैभन्दा वडि हार्डजोनीका बिरामीले सेवा लिएका थिए । शुक्रबार मात्र हार्डजोनीका तीन सय ६५ र शनिवार दुई सय ४१ जना बिरामीले सेवा लिएको इलाम नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द खनालले जानकारी दिए । उनका अनुसार सबैभन्दा कम क्यान्सर रोगी शिविरमा उपचारका लागि आएका थिए । क्यान्सरका दुई दिनमा १८ जना बिरामी आएको बताइएको छ । 
 शिविरमा मुटुरोग, स्त्री रोग, हाडजोर्नी, नसा रोग, बाल रोग, नाक कान घाँटी, क्यान्सर रोग, न्युरोलोजी विशेषज्ञ सेवा उपलव्ध गराइएको जनाएको छ । 


यस्तै सर्जरी सेवा र यु एस जी, इ सी जी र इको सेवा पनि उपलव्ध गराइएको छ । शिविरमा केही औषधी निःशुल्क उपलव्ध गराइएको छ । 
सेवाग्राहीहरुले सेवाप्रति सन्तुष्ट जनाएका छन् । तराईका अस्पतालमा पुगेर सेवा लिनभन्दा भाडादर र समयसँगै ओपिडीमा लाग्ने खर्च समेत बचत भएको बताएका छन् । उनीहरुले शिविरसँगै इलाम अस्पताललाई स्तर उन्नती गर्दै सेवा बढाउन सुझाव समेत दिएका छन् । 
इलाम नगरपालिकाका प्रमुख प्रमुख केदार थापाले दुई दिनको निशुल्क स्वास्थ्य सेवाले जिल्लावासीलाई राहत मिलेको बताए ।  शिविरमा इलाम नगरपालिकासँगै जिल्ला भरबाट र बाहिरी जिल्लाबाट समेत सेवाग्रहाही आएका थिए ।