logo
  • २०८१ आश्विन २३ | Wed, 09 Oct 2024
  • टेवाको सहयोगमा महिलाहरुको लागि क्षमता अभिवृद्धि तालिम इलाममा सुरु

    टेवाको सहयोगमा महिलाहरुको लागि क्षमता अभिवृद्धि तालिम इलाममा सुरु


    इलाम ,२६ जेठ : महिलाहरुको क्षमता अभिवृद्धिको लागि ५ दिवसीय नेतृत्व विकास तालिम शुक्रबारदेखि इलाममा सुरु भएको छ । महिलाहरुको क्षमता विकास गर्ने उदेश्यले इलाम नगरपालिका ६ घोष स्थित श्री देवकोटा आधारभुत विद्यालयको सभाहलमा तालिम संचालन भइरहेको छ । टेवाको सहयोगमा पंधेरी खोल्सी वातावरण संरक्षण महिला समुहले आयोजना गरेको तालिममा २० जना महिलाहरुको सहभागीता रहेको छ । पंधेरी खोल्सी वातावरण संरक्षण महिला समुहमा आबद्ध पदाधिकारी , सदस्यहरु लगायत यस क्षेत्रमा रहेका पछाडि परेका महिलाहरुको क्षमता विकास गर्न तालिम आयोजना गरिएको पंधेरी खोल्सी वातावरण संरक्षण महिला समुहकी सचिव साजन गुरुङले बताउनु भयो

    । यस क्षेत्रमा धेरै जसो श्रमिक परिवारको बसोबास रहेको छ । दैनिक श्रम गरेर गुजारा चलाउदै आएका परिवारमा महिलाहरु चुलो चौका र श्रममा नै व्यस्त हुनु पर्ने बाध्यता रहेको छ । यस अघि महिला लक्षित तालिमको अवसर नै आफुहरुले कम मात्र पाउने गरेको सहभागीहरुले बताएका छन । यो तालीमले अघि बढन सहज हुने अपेक्षा गरेका छन ।


    तालिमको उद्घाटन इलाम नगरपालिका ६ का वडाध्यक्ष दुर्गा श्रेष्ठ मदनको प्रमुख आतिथ्यता र समुहकी अध्यक्ष धन कुमारी तामाङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहयात्रा नेपालकी अध्यक्ष हेमकुमारी शिवा , नवबुद्ध आर्दश टोल विकास संस्थाका अध्यक्ष दल बहादुर योञ्जन , श्री देवकोटा आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोमा खड्का लगायतले शुभकामना राख्नु भएको थियो भने श्री देवकोटा आधारभुत विद्यालय प्रधानाध्यापक सरोज कन्दङवाको उपस्थिती रहेको थियो । तालिममा संचारकर्मी सविता पाण्डे र सामाजिककर्मी मिलन गुरुङले सहजीकरण गरीरहनु भएको छ ।



    Avatar निगरानी संवाददाता    
  • २०८० जेष्ठ २६, शुक्रबार १६:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP