logo
  • २०८१ कार्तिक २८ | Wed, 13 Nov 2024
  • टोलमै पुगेर आँखा–कान परिक्षण

    टोलमै पुगेर आँखा–कान परिक्षण

    सूर्योदय:इलामको सूर्योदय नगरपालिकाका सबै वडाका टोलमा पुगेर आँखा–कान परिक्षण शुरु गरिएको छ । पछिल्ला स्वास्थ्य सिविरहरुमा आँखा र कानका रोगीको संख्या उल्लेख्य रुपमा देखिएपछि टोलमै पुगेर आँखा र कानको परिक्षण शुरु गरिएको हो ।
    नागरिकलाई सर्वसुलभ स्वास्थ्य पहुँचको प्रवन्धका लागि आँखा–कान परिक्षण गाउँ सम्म पु¥याउन सरोकारवालसंगको सहकार्यमा अभियान शुरु गरेको सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईले बताए ।
    नगरका १४ वडाका ३४ स्थानमा प्राविधिक टोली पठाएर शुक्रबार देखि आँखा र कान परिक्षण शुरु गरेको सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा कुमार बरालले जानकारी दिए ।


    नेपाल नेत्रज्योती संघ जिल्ला शाखा इलामको आयोजना, विराटनगर आँखा अस्पताल विराटनगर र सिविएमको प्राविधिक सहयोगमा सूर्योदय नगरपालिकासंगको सहकार्यमा सुनौलो विहानी कार्यक्रम अन्तरगत सूर्योदय नगरपालिका ४ वाट आँखा–कान परिक्षण अभियान शुरु गरेको नेपाल नेत्र ज्योती संघ इलामका अध्यक्ष इन्द्र प्रसाद फुयालले जानकारी दिए ।
    अभियान अन्तरगत सूर्योदय नगरपालिकाका सवै वडा र विद्यालयमा पुगेर आँखा र कानको परिक्षण गरिने छ । तीन महिना चल्ने अभियानका क्रममा रोग पत्त लागेका आँखा र कानका रोगीहरुको आँखा उपाचार केन्द्र फिक्कलबाट उपचार गर्ने व्यवस्था गरेको संघका सचिव प्रकाश भट्टराईले जानकारी दिए । उनले भने ‘जटिल प्रकृतीका विरामीको उपचारका लागि विराटनगर आँखा उपचार केन्द्रमा लगेर उपचार गरिने छ ।’
    शुक्रबार सूर्योदय नगरपालिका वाड न ४ को श्रीअन्तु स्वास्थ्य चौकीबाट शुरु भएको अभियानको शुभारम्भ कार्यक्रम सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईको प्रमुख आतिथ्य र संघका अध्यक्ष इन्द्र प्रसाद फुएलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपप्रमुख दुर्गा कुमार बरालले नगरबासीको स्वास्थ्यका विषयमा नगरपालिकाले योजनावद्ध रुपमा काम गरिरहेको बताए ।
    कार्यक्रममा सूर्योदय नगरपालिका वाड न ४ का वडा अध्यक्ष शरण राई, स्वास्थ्य शाखा प्रमुख रविन खत्री, संघकी कोशी प्रदेश सदस्य पुष्पा खनाल लगायतले अभियानबाट लाभ लिन नागरिकलाई आग्रह गरेका थिए ।



    Avatar निगरानी    
  • २०८० असार ३०, शनिबार १३:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP