इलाम : लैंगिक न्यायसंगत जलवायु समाधानमा महिला समुहको भुमिका विषयक एकदिवसीय प्रशिक्षण इलाममा सम्पन्न भएको छ । इलाम नगरपालिकाका भित्रका सवै वडा महिलाहरुको सहभागीत रहेको थियो । जलवायु परिवर्तनको सबभन्दा बढी प्रभाव कृषि क्षेत्रमा परिराखेको छ । यसै सन्दर्भमा सहयात्रा नेपाल संंस्थाले नगरभित्रका कृषिमा आधारित महिला समुहका महिलाहरुलाई जलवायु परिवर्तन कृषिमा परेको असर र समाधानको उपाय सुझाउन अभिमुखीकरण कार्यक्रम गरेको संस्थाले जनाएको छ ।
जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव कृषि उत्पादनमा परिराखेको छ भने अप्रत्यक्ष प्रभाव आय र अन्नको बढ्दो मूल्यसँग सम्बन्धित छ । यस्तोमा जलवायु परिवर्तनले अर्थव्यवस्थाका लागि पनि खतरा उत्पन्न गरिराखेको छ । कृषि प्रधान देश नेपाल भए पनि कृषिमा तीनै तहको सरकारको प्राथमिकता न्युन रहेको कार्यक्रमा सहभागीले गुनासो गरेका छन । जलवायु मैत्री कृषि प्रविधी बारे जानकारी गराउनु मात्र नभई आधुनिक कृषि ज्ञान दिन र प्रविधि उपलब्ध गराउन नसकेको गुनासो गरे । उनीहरुले वडा तथा पालिकामा कृषि प्रविधी र तालिमहरु माग गर्न आवश्यक रहेको बताएका छन ।
प्रकृति रिसोर्सेस सेन्टरको सहयोगमा संचालन भएको कार्यक्रममा सामुदायिक कृषि क्याम्पस इलामका प्रमुख तथा कृषि बिज्ञ डाक्टर योगेन्द्रमान श्रेष्ठ र कृषि ज्ञानकेन्द्र इलामका बाली संरक्षण अधिकृत बबि बस्नेतले सहजीकरण गरेका थिए ।
इलााम नगरपालिका ७ का वडा अध्यक्ष नरेश श्रेष्ठको प्रमुख आतिथ्यता र सहयात्रा नेपालकी अध्यक्ष हेम कुमारी शिवाको अध्यक्षतामा उद्घाटन कार्यक्र भएको थियो । कार्यक्रममा ३० जना महिलाहरुको सहभागीता रहेको थियो ।
प्रतिक्रिया