logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • सूर्योदयले थाल्यो गणितमा सामुहिक सिकाई

    • निगरानी
    • २०८० आश्विन २४, बुधबार ०३:४२ गते
    सूर्योदयले थाल्यो गणितमा सामुहिक सिकाई


    फिक्कल :सूर्योदय नगरपालिकामा शिक्षकहरू नभएका समयमा १७ विद्यालयमा एकै पटक गणित विषय अध्यापन गराउन मिल्ने अनलाईन कक्षा शुरु भएको छ ।
    मंगलबार शिक्षा विद डाक्टर बिद्यानाथ कोईराला र सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले अनलाईन कक्षाको प्रारम्भ गरेका हुन् ।
    कार्यक्रममा शिक्षा बिद डा. कोइरालाले गणित विषयलाई हाम्रो कला र कर्मसंग जोडेर उपयोग गर्नुपर्ने बताए ।
    आर्चाय महेन्द्र भट्टराईले शिक्षा क्षेत्रलाई व्यवहारीक र उपयोगी बनाउन शिक्षक हरुले नै पहिलो प्रयास गर्नुपर्ने बताए । शिक्षा विज्ञ बिबेक बिनयीले शिक्षा क्षेत्रको सुधारका लागि नीति निर्माण तहमै सोचमा परिवर्तन आउनु पर्ने बताए ।
    कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले स्वरोजगार बन्ने गरीको शिक्षा दिनका लागि सरकारले पाठ्यक्रम परिमार्जन गर्नु पर्ने बताए ।


    मंगलबार नै सूर्योदय नगरपालिकाको कक्षा ६–८ को स्थानीय पाठ्यक्रम‘हाम्रो सूर्योदय’को लोर्कापण समेत गरीएको थियो । नगरले यस अघि नै नगरका सबै सामुदायिक बिद्यालयमा इन्टरनेट सहित प्यान बोर्ड जडान गरीसकेको छ । प्रविधिमैत्री बिद्यालय निर्माणमा लागेको नगरले १२ महिना १२ कार्यक्रम छोरी बुहारी शिक्षा, बाल बचत खाता संचालन, अविभावक परिचय पत्र वितरण सहितका काम गर्दै आएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिए ।



    निगरानी    
  • २०८० आश्विन २४, बुधबार ०३:४२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP