इलामको निर्वाचनले मुलुकको नयाँ बाटो कोर्नेछ : महामन्त्री थापा

इलामको निर्वाचनले मुलुकको नयाँ बाटो कोर्नेछ : महामन्त्री थापा

इलाम बैशाख ८ :इलामको निर्वाचनले मुलुकलाई नयाँ बाटो दिने भएकाले काग्रेसका उम्मेद्धारलाई जिताउन नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आग्रह गर्नु भयो ।
इलाम क्षेत्र न २ मा बैशाख १५ मा हुने प्रतिनिधि सभा सदस्यको उप निर्वाचन लक्षित इलाम सदरमुकाममा भएको चुनावी सभालाई सम्बोधन गर्दै थापाले डम्बर खड्कालाई जिताउन आग्रह गर्नु भएको हो ।
स्वर्गिय सुवास चन्द्र नेम्वाङका पुत्र सुहाङ नेम्वाङलाई उम्मेद्बार बनाएको प्रति कटाक्ष गर्दै इलामे जनताले वंशवादलाई नभई लोकतन्त्रलाई जिताउने दिन आएको बताउनु भयो । थापाले ‘इलामका जनताले राजतन्त्रको पक्षमा मतदान गर्ने कि राजतन्त्रको पक्षमा मतदान गर्ने भन्दै प्रश्न गर्नुभयो ।
कांग्रेस उम्मेद्धार डम्बर खड्का इलामको समस्या बोकेर संसद छिर्ने वास्तविक प्रतिनिधि हुने भन्दै काग्रेसको तर्फबाट उठेका खड्काको जिम्मा लिने बताउनु भयो ।
इलामको यो चुनाव गठबन्धनको राजनीतिसंग जोडिएको भन्दै नयाँ सन्देका लागि खड्कालाई जिताउनु पर्ने थापाको भनाइ छ ।