इलाम २ उपनिर्वाचनमा ६० प्रतिशत मत खस्यो

इलाम २ उपनिर्वाचनमा ६० प्रतिशत मत खस्यो

इलाम वैशाख १५ : इलाम २ को आज (शनिबार) भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रको विवरण आइसक्दा ६० प्रतिशत मत खसेको जनाएको छ ।

यो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेको कार्यालयले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले अहिलेसम्म सबै केन्द्रबाट आएको विवरणमा ६० प्रतिशत मत खसेको बताउनु भयो ।