सूर्योदय ७ द्धारा उत्कृष्टलाई पुरस्कृत

सूर्योदय : सूर्योदय नगरपालिका वडा नम्बर ७ ले वडाको उत्कृष्ट व्यक्ति र संस्थालाई आइतबार पुरस्कृत गरेको छ ।
वडाले चालु आर्थिक बर्षका उत्कृष्ट उपलव्धी हासिल गर्ने व्यक्ति र संस्थालाई प्रोत्साहन स्वरुप पुरस्कृत गरेको वडा अध्यक्ष लोक बहादुर राईले बताए ।
वडाले सर्वोकृष्ट टोल विकास संस्थाको रुपमा अम्बिटार सिरवानी टोल र उत्कृष्ट टोल विकास संस्था सिंहदेवी टोल विकास संस्थालाई नगद र पुरस्कार प्रदान गरेको छ । त्यसैगरी उत्कृष्ट उपभोक्ता समितिको रुपमा भाङटार मार्ग उपभोक्त समिति, उत्कृष्ट कृषक गिरिराज राई, उत्कृष्ट नवप्रतिभाको रुपमा दोस्रो सूर्योदय नगर आईडलकी प्रथम रनरअप हेमन्त राई र कक्षा ८ मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थी सञ्जिता सापकोटालाई पुरस्कार र सम्मान प्रदान गरिएको वडा सचिव कमलकान्त पोख्रेलले जानकारी दिए ।
सूर्योदय नगरपालिकाका नगरप्रमुख रन बहादुर राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रम वडा अध्यक्ष लोक बहादुर राईका सभापतित्वमा सम्पन्न भएको थियो ।
आइतबार नै कृषकहरुको माग अनुसार सबै टोल विकास संस्था मार्फत वितरण गर्नेगरी फलफुलका विरुवा समेत वितरण गरिएको अध्यक्ष राईले जानकारी दिए । वडाले कागती, शिरिस, दाँते ओखर लगायतका विरुवा वितरण गरेको हो ।