सूर्योदय : नेपाल महिला संघ इलाम क्षेत्र नम्बर १ ले आयोजना गरेको पुर्व प्रधानमन्त्री,नेपाली कांग्रेसका पुर्व सभापति स्व गिरिजा प्रसाद कोईरालाको शताब्दी जन्म जयन्तीको अवसरमा इलामको फिक्कलमा आयोजना गरेको भेटघाट तथा अन्तरकृया कार्यक्रममा नेपाली कांग्रेस र नेपाल महिला संघका नेताहरुले नेपाल महिला संघको विधान मिचेर निर्माण गरेको समितिलाई अस्विकार गर्ने बताएका छन् ।
संघको तेस्रो जिल्ला अधिवेशन पछि जिल्ला अधिवेशन हुन सकेको छैन । अधिवेशनबाट निर्वाचित अध्यक्ष निर्मला सञ्जेलले राजीनाम दिएपछि रिक्त सभापतिमा केन्द्रिय समितिले संघको विधान विपरित जिल्ला कार्यसमितिमा समेत नरहेकी भगवती कोइरालालाई मनोनीत गरे पछि नेताहरुले विधि विपरितको समितिलाई अस्विकार गर्ने बताएका हुन् ।
संघको विधानले सभापतिले राजीनाम दिए समितिकै उपसभापतिलाई सभापतिको जिम्मेवारी दिने व्यवस्था गरेको छ । उपसभापति पनि नभए वरिष्ठ सदस्यलाई सभापति बनाउने व्यवस्था गरेको छ । इलाममा भने विधानको सो व्यवस्थालाई वेवास्था गर्दै केन्द्रिय कार्यसमितिले विधि मिचेको कार्यक्रमक सहभागिले बताए ।
केन्द्रिय समितिले विधान मिचेपछि तेस्रो जिल्ला अधिवेशनबाट सचिव पदमा निर्वाचित बविता लिङ्दमको सभापतित्वमा पुरानो समिति व्युताइएको छ ।
संघको इलाम क्षेत्र नम्बर १ को सभापतिमा बन्दना अधिकारी छन् भने क्षेत्र न २ मा कमला बुढाथोकी सभापति छन् ।
सघ इलाम क्षेत्र न १ की सभापति, कोशी प्रदेशकी सांसद बन्दना अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका सदस्य नन्द नेम्वाङले नेपाली कांग्रेस लोकतान्त्रीक पार्टी भएकाले बैधानीक व्यवस्थालाई आत्मसाथ गरेर अघि बढ्नु पर्ने बताए । उनले विधानको व्यवस्थालाई केन्द्र देखि वडा सम्मले स्विकार गर्नुपर्ने बताए ।
संविधान सभाका सदस्य टिकाराम सुब्बाले केन्द्रले विधिमिचे पार्टी दस्यहरुले त्यसलाई सच्याउन विद्रोह गर्नुपर्ने बताए । उनले संघको बैधानीक व्यवस्थालाई कार्यान्वायन गराउने जिल्ला सभापति लिङ्दमको नेतृत्वमा रहेको समितिलाई पार्टीका नेता कार्यकर्ताको साथ रहेको बताए । उनले भने ‘तपाईहरु निर्धक्क अघि बढ्नुस् हाम्रो साथ सहयोग रहन्छ ।’
नेपाली काग्रेस इलाम क्षेत्र न १ का सभापति, प्रदेश सांंसद समशेर राईले संघकी सभापति लिङदमको नेतृत्वमा रहेको संघको कार्यसमिति नै बैधानीक समिति रहेकाले त्यसका गतिविधिमा क्षेत्रीय कार्यसमितिको साथ रहने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस इलामका सचिव निरोज खड्गीले पार्टीको विधान मिच्न कसैलाई छुट नरहेको भन्दै सभापति लिङ्दमको नेतृत्वमा रहेको समितिलाई आफ्नो साथ रहेको बताए । उनले नेपाली कांग्रेसको जिल्ला समितिमा महिला संघको जिल्ला सभापति सिफारिसको विषयमा एक पटक पनि छलफल नभएको बताए । लामो समय देखि नेपाली काग्रेस इलामको जिल्ला कार्यसमितिको बैठक बस्ने सकेको छैन ।
नेपाली कांग्रेसका जिल्ला सदस्य, सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा कुमार बरालले बैधानीक बाटोमा हिड्नेलाई प्रोत्साहन र सहयोग गर्न आफु तयार रहेको बताए । उनले सत्ता र शक्तिको घमण्ड स्थायी नहुने भन्दै आफु पार्टीलाई विधिको बाटोमा यात्रा गराउने अभियानमा लागेको बताए । उनले स्थानीय स्तरमै रचनात्मक नेतृत्व निर्माण गर्न सबै जना एक ढिक्का हुनु आवश्यक रहेको बताए ।
पुर्व क्षेत्रीय सभापति भिष्म प्रधानले नेपाली कांग्रेसले वेथितिलाई प्रोत्साहन गर्न नहुने बताए । उनले सबैलाई मिलाएर अघि बढ्ने नेतृत्व आवश्यक रहेको बताए । महिला संघमा पार्टी र संघको विधान मिच्ने काम भएकाले सच्याउनु आवश्यक रहेको बताए ।
जिल्ला सदस्य हेम कट्टेलले विधान विपरितको बाटोमा हिड्न कसैले पनि रहर गर्न नहुने भन्दै अहिलेको नेतृत्वले संघमा आवद्ध सबै महिलालाई एक ठाउँमा राखेर अघि बढ्न प्रयास गर्नुपर्ने बताए ।
कांग्रेस पुर्व जिल्ला कोषध्यक्ष नेता राजेन्द्र शर्माले केन्द्रका् कदमले इलाम महिला संघमा फुट ल्याएको भन्दै चिन्ता व्यक्त गरे । कार्यक्रममा नेपाली कांग्रेस सूर्योदयका उपसभापति रमेश प्रधानले संघको विवाद समाधान गर्न जिल्ला कार्यसमितिले पहल नगरेको गुनासो गरे ।
संघकी जिल्ला सभापति लिङदमले इलामका सबै तहमा महिला संघको पुरानै समिति कृयाशिल भएको बताइन् । उनले समानान्तर समिति निर्माण गर्ने, संघ र पार्टीलाई कमजोर बनाउने कृयाकलाप स्विकार्य नहुने बताइन् ।
नेपाली कांग्रेस कोशी प्रदेशकी सदस्य हरिकला (गौतम) श्रेष्ठले कुनै गुटको हित भन्दा माथी उठेर महिला संघको पुरानो समितिलाई व्युताएको बताइन् । उनले भनिन् ‘इलामको निर्णयले बिधान अनुसार चल्न पार्टीलाई नैतिक दबाब मिल्ने पनि अपेक्षा गरेका छौ ।’
संघको इलाम नगरपालिका सभापतिमा रिना (घिमिरे) घलेले महिला संघलाई बैधानीक रुपमा अघि बढाउन सबै एक ढिक्का भएर अघि बढ्नु जरुरी रहेको बताइन् ।
संघको जिल्ला कार्यसमितिले सूर्योदय नगरपालिकामा हेममाया (रामु) प्रधान र सह सभापतिमा धर्मकला दहाल, देउमाई नगरपालिका सभापतिमा मिना दुतराज, माई नगरपालिकामा पुष्पा कार्की, सन्दकपुर गाउँपालिकामा भद्रिका बुर्जा, माईजोगमाईमा उषा देवि दहाल, रोङमा सावित्रा अर्याल, माङ्सेबुङमा तारा राई, फाकफोकथुममा अमृता नेपाली, चुलाचुलीमा राजकुमारी खड्कालाई सभापतिमा पुनःस्थापीत गरेको लिङ्दमले बताइन् ।
संघकी क्षेत्रीय सभापति बन्दना अधिकारीले महिला संघको नेतृत्व लिन सबै सक्षम भएपनि विधान विपरितको कदमलाई स्विकार गर्न नसक्ने बताइन् ।
प्रतिक्रिया