इलाम , २४ कार्तिक । गैरसरकारी संस्था महासंघ इलाम शाखाको अध्यक्षमा भक्त थामी निर्वाचित हुनु भएको छ । इलाम सदरमुकाममा शनिबार सम्पन्न १० औं जिल्ला अधिवेशनबाट थामी अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित भएको छ । उपाध्यक्षमा इन्दिरा घिमिरे, सचिवमा मनकुमार बराइली, सहसचिवमा कमला राया घिमिरे र कोषाध्यक्षमा शंकर आचार्य निर्वाचित भएका छन् । यस्तै
सदस्यहरु नेत्रप्रसाद लुईटेल ,शारदा पराजुली उप्रेती, नानुका खत्री र दिपा आचार्य निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन केन्द्रिय अध्यक्ष राम प्रसाद सुवेदीको प्रमुख आतिथ्यता र कमल नेपालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा चेतना नाटय समूहलाई नगद ५ हजार सहित दोसल्ला र सम्मान पत्रले उत्कृष्ट सस्थाको रूपमा सम्मान गरिएको थियो ।
कार्यक्रमममा स्थानीय नीति , योजना तथा कानुन निर्माण प्रक्रियामा गैससहरुको सहभागिता , सम्लग्नता र वकालत सम्बन्धमा सदस्य सस्थाहरुको अभिमुखिकरण बिषयमा मनकुमार बराईलीले प्रस्तुतिकरण गर्नु भएको थियोे ।
कार्यक्रममा सहभागीले स्थानीय सरकारले गैरसरकारी सस्थाहरुलाई महत्त्व नदिएका गुनासो गरेका छ्न । गैरसरकारी सस्था सङ साझेदारको रूपमा नहेरीनु दु:खद भएको बताएका छ्न ।
कार्यक्रममा चेतना नाटय समूह इलामका अध्यक्ष सुरेश पोर्तेल ,गैसस महासङ इलामका सस्थापक अध्यक्ष कृष्ण श्रेष्ठ , गैसस केन्द्रिय समिति महासचिव अर्जुन भट्टराई लगायतले मन्तव्य राखेका थिए । गैसस इलाममा २३ वटा संघ सस्था आबद्ध छन ।
प्रतिक्रिया