logo
  • २०८२ असार २५ | Wed, 09 Jul 2025
  • सहकारी दिवसकोअवसरमा इलाममा वक्तृत्वकला प्रतियोगिता र सम्मान

    सहकारी दिवसकोअवसरमा इलाममा वक्तृत्वकला प्रतियोगिता र सम्मान

    इलाम २० चैत : ६८ औं राष्ट्रिय सहकारी दिवस इलाममा  बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । जिल्ला सहकारी संघ इलामले आयोजना गरेको दिवसमा सम्मान र  बक्तृत्वकला प्रतियोगिता गरीएको छ ।  ग्रामिण बिकासमा सहकारीको महत्व बिषयमा बक्तृत्वकला प्रतियोगिता भयो । 

    प्रतियोगितामा महेन्द्र रत्न बहुमुखि क्याम्पस इलाममा अध्ययनरत आठजना छात्र/ छात्राले सहभागिता जनाएका थिए ।  प्रतियोगितामा सुस्मा शिबाकोटीले प्रथम बनिन उनले नगद ८ हजार प्राप्त गरिन , भुमिका दहाल दोस्रो बनिन उनले नगद ६ हजार प्राप्त गरेकी छिन । तेस्रो बनेकी लक्ष्मी शिबाले ४ हजार प्राप्त गरिन भने पुष्पा राना मगरले सान्त्वना नगद २ हजार प्राप्त गरेको संघका सचिव मोहन विष्टले बताउनु भएको छ । प्रतियोगिलाई स्वर्गिय दलबहादुर बस्नेतकी छोरी मन्जु बस्नेतले  नगद पुरस्कार प्रदान गर्नु भएको थियोे  ।


    संघले जिल्लाका बिभिन्न १० वटै पालिकाका बिभिन्न सहकारी संस्थामध्ये उत्कृष्ट सहकारी संस्थाका ११  सहकारी , एकजना पूर्व अध्यक्ष र एकजना उत्कृष्ट ब्यबस्थापकलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको छ ।


    मर्यादित सहकारी , सम्मुनत समाज’  बिषयक  कार्यपत्र  कमल श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । संघको  क्यालेन्डर विमोचन  गरिएको जनाइएको छ ।
    कार्यक्रम संघका अध्यक्ष लिलाप्रसाद थापाको अध्यक्षता एवं कोशी  प्रदेश संसद गोविन्द गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो  ।
    कार्यक्रम अघि इलामको ठूलो टुडिखेलबाट र्‍याली गौतम बुद्ध सभा गृह सम्म निकालिएको थियो ।  २०१३ साल चैत्र २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको दिनलाई स्मरण गर्दै नेपालको सहकारी अभियानले उक्त दिन विविध कार्यक्रम गरि सहकारी दिवस मनाउने गरेका छन । इलाम जिल्लाभर सप्ताह ब्यापी विविध कार्यक्रम गरिएको जनाईएको छ ।


    इलाम जिल्लामा हाल ५ सय ३९ बढी सहकारी सन्चालनमा छ्न । ८५ हजार भन्दा बढी सदस्यहरु सहकारीमा आबद्ध रहेको जिल्ला सहकारी संघको तथ्यांक छ । इलाममा २ सय करोड आर्थिक कारोबार सहकारी मार्फत संचालित छ ।
    ६८औं राष्ट्रिय सहकारी दिवसको नारा “मर्यादित सहकारी: समुन्नत समाज” रहेको थियो । जिल्लाभर पालिका स्तरमा विविध कार्यक्रम गरि दिवस मनाईएको छ ।



    निगरानी    
  • २०८१ चैत्र २०, बुधबार १७:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP