७ प्रश्न,जसले तपाईंको जीवनमा बारम्बार हैरान बनाई दिन्छ

७ प्रश्न,जसले तपाईंको जीवनमा बारम्बार हैरान बनाई दिन्छ

दैनिक जिवनमा हामी आफन्त साथिभाई तथा छरछिमेकबाट धेरै प्रश्नहरु सुन्ने गर्दछौ । कुराकानिका क्रममा हामीलाई थुप्रै प्रश्नहरु गरीन्छन्, जसलाई हामीले धेरै पटक सुनेर हैरान भइसकेका हुन्छौ । र सबैले सोध्ने एकै खालका प्रश्नहरुबाट हामी दिक्क भएका हुन्छौ । आखिर के छन् त त्यस्ता ७ प्रश्न जसलाई हामीले प्राय सुनिरहेका हुन्छौ ।

१. नतिजा (रीजल्ट) के भयो ?

आफन्त साथिभाई तथा छरछिमेकबाट सबैभन्दा बढि सुनिने प्रश्न भनेकै यहि हो, तिम्रो रीजल्ट के भयो ? हामी सबैलाई थाहा छ, आफु सम्मिलित परीक्षाको नतिजा बारे हामी सबै बढि अपेक्षित हुन्छौ । परीक्षाफलको नतिजाले हामी धेरै असर पार्दछ तर आफन्तहरु भने भेट हुनासाथ नतिजाको बारेमा प्रश्न साधेरे हामीलाई दिक्क लगाउछन् ।

२. तिमी मोटाको हो ?

जसलाई पनि आफु सुन्दर तथा स्लिम देखिन मन हुन्छ । तर परीस्थिती तथा खानपानमा उचित ध्यान नपुर्याउदा हामी मोटाउछौ । मोटाएको तनाव एकातिर छदै, छ यसैबिच साथिभाई तथा आफन्तबाट भने के तिमि मोटायौ कि क्या हो, भन्ने प्रश्न सुनिरहनु पर्ने हुन्छ । यति मात्रमा उनीहरु सिमित रहदैनन्, अझ मोटोपना घटाउने सुझाव समेत दिन्छन् ।

३. आजकल के गर्दैछौ ?

यदि कोहिसंग तपाईको एकसाता मात्र भेट भएको छैन भने तपाईलाई भेट्नासाथ उसको पहिलो प्रश्न आजकल तिमि के गर्दैछौ भन्ने नै हुन्छ । नियमित भेट हुने मानिस समेत एक साता भेट नभएमा तपाईले गर्ने काम वा पेशाका बारेमा अनभिज्ञ झै प्रस्तुत हुन्छन् ।

४. जागिर के छ ?

यदि तपाई जागिर झल्किने पोसाक वा काममा भेट हुनु भएको छैन भने अधिकाशं आफन्तले तपाईलाई जब के छ भनेर दिक्क लगाउछन् । अझ तपाईसंग रोजगार छैन भने त उनीहरु अनि कतै जागिर छ कि त्यतिकै… भनेर वाक्याशं बिचमै छाडिदिन्छन् । तपाईको जागिर नपाउनुमा आफुहरु बढि दुखि भएजस्तो बोलिले ठिक्क पार्नेहरु भने तपाईको रोजगारीमा भन्दा तपाईको मुहारमा पर्ने फरकपनाबाट आनन्दित हुन्छन् ।

५. फलानोबाट किन केही सिक्दैनौ ?

आफन्तसंग भेट हुदा“ तपाईको कुनै कमजोरी भेटिए वा तपाई आफैले बताए पनि त्यसमा तपाईका आफन्तले फलानोले यस्तो गर्याे भनेर उदाहरण दिन छाड्दैनन् । यति मात्र होइन, उनीहरु तपाई र उसको उमेर वा अध्ययनको तुलना गरी तपाई उ भन्दा असफल भएको पुष्टि गर्दछन् । बिशेषतः उनीहरुको मानशिकतामा तपाईं असफल, अयोग्य र क्षमताहिन ब्यक्तिको रुपमा चिनिनु हुन्छ ।

६. अनि तलब कति छ ?

तपाई बेरोजगार हुदासम्म तपाईलाई जागिर के छ भनेर सोधिरहनेले ब्यक्तिहरु तपाईले जागिर पाएपछि पनि चित्त बुझाउदैनन् । तपाई रोजगार भएपछि उनीहरुको तनाब भनेको तपाईले पाउने पारीश्रमिक वा तलबका बिषयमा हुन्छ । उनीहरु कुनै न कुनै रुपम तपाईंले कति कमाउनु हुन्छ भन्ने कुरा जान्न सदैब इच्छुक हुन्छन् । यसको पछाडि अधिकाशंको उद्देश्य भनेको तपाईंलाई सानो देखाउनु नै हुने गर्दछ ।

७. प्रेमी वा प्रेमिका छ ?

अधिकाशं आफन्तहरु पाहुनाका रुपमा तपाईकोमा आउना साथ केहिबेरको घुलमिलपछि र साथिभाईहरु दैनिकजसो तपाईको प्रेम कोहिसंग छ छैन सो बारे जान्न उत्सुक हुने गर्दछन् । उनीहरुको मनामा तपाईको सुन्दरता वा क्षमता अनुसार तपाईको प्रेम नहुनुपर्ने र भएपनि नटिक्नु पर्ने र टिकेमा पनि तपाईको प्रेमीप्रेमिका सुन्दर छैनन् भन्ने मानशिकता हुन्छ । त्यसैले तपाईंका आफन्तहरु तपाईंको प्रेमी वा प्रेमिका भए नभएको सोध्न गर्दछन् । तर यसमा अचम्मको कुरा के छ भने तपाईले छैन भनेर उनको प्रश्न सक्नु भन्दा छ भनेर अरु प्रश्नको उत्तर दिनुहुनेछ भन्ने उनीहरुको आशा हुन्छ ।