logo
  • २०८३ जेष्ठ १, शुक्रबार | Fri, 15 May 2026
  • मधुमेहदेखि क्यान्सरसम्म निको पार्ने करेलाका फाइदा

    • निगरानी
    • २०७६ आश्विन २४, शुक्रबार ०९:५२ गते
    मधुमेहदेखि क्यान्सरसम्म निको पार्ने करेलाका फाइदा

    तिते करेला तरकारीका रुपमा हामीले प्रयोग गर्दै आए पनि यसले मानव स्वास्थ्यमा पुर्‍याउने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । तीते करेलामा प्रशस्त मात्रामा औषधीय गुणहरु हुन्छन् । जुन विषयमा यहाँ प्रस्तुत गरिएको छ ।

    तिते करेला खाँदामा तीतो भएपनि स्वास्थ्यका लागि यो निकै उपयुक्त मानिन्छ । मधुमेह रोगका लागि राम्रो मानिने करेलाले क्यान्सर हुनबाट समेत जोगाउने एक अध्ययनले देखाएको छ ।अमेरिकाको सेन्टलुईस विश्वविद्यालयका शोधकर्ताहरूले करेलाले क्यान्सरका कोशिकाहरू नष्ट गर्ने कुरा पत्ता लगाएका छन् ।

    शोधकर्ताहरूले करेलामा पाइने एक रासायनिक तत्व जसले क्यान्सरका कोशिकाहरूमा ग्लूकोजको प्रयोगलाई रोक्दछ ।ग्लूकोजले कोशिकाहरूमा उर्जा ल्याउने गर्दछ । जसले क्यान्सरको रोग विस्तार गर्दछ । ग्लूकोजको प्रवाह बन्द हुनाले क्यान्सरका कोशिकाहरू अन्त्य हुन थाल्दछन् ।

    करेलाले टाउको दुख्ने, घाँटी एवं पेटको क्यान्सरमा समेत ओखतिको काम गर्ने दावी गरिएको छ । विश्वविद्यालयका प्रोफेसर रे का अनुसार, करेलाको प्रयोगबाट विकसित औषधिहरू बनाउन सकिन्छ, जसले बिना साइड इफेक्ट क्यान्सरयुक्त कोशिकाहरू नष्ट गर्न मद्दत गर्दछ ।



    निगरानी    
  • २०७६ आश्विन २४, शुक्रबार ०९:५२ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP