इलाममा सम्पन्न आँखा शिविरमा ९८ जनाको मेतियाविन्दुको शल्यक्रिया ,७ सय बढीको आँखा जाँच

इलाममा सम्पन्न आँखा शिविरमा ९८ जनाको मेतियाविन्दुको शल्यक्रिया ,७ सय बढीको आँखा जाँच

इलाम : इलाममा तीन दिन सम्म संचालन भएको आँखा शिविरमा ९८ जनाको मेतियाविन्दुको शल्यक्रिया भएको छ । चैत १५ देखि १७ सम्म संचालन भएको शिविरमा निःशुल्क उपचार र शल्यक्रिया भएको नेपाल नेत्र ज्येति संघ इलामका उपाध्यक्ष विष्णु कार्कीले बताउनु भयो ।

इलाम सदरमुकाम स्थितजुविलेन्ट इलाइट एकाडेमीमा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योति संघ इलाम , इलाम नगरपालिका र जुविलेन्ट इलाइट एकाडेमीको संयुक्त आयोजनामा शिविर संचालन भएको थियो । शिविरमा इलामका विभिन्न स्थान तथा भारत दार्जिलिङ बाट समेत आँखा जाचको लागि आएको आयोजकले जनाएको छ । नेपाल नेत्र ज्योति संघ इलामले विभिन्न समयमा इलामका विभिन्न स्थानमा निःशुल्क शल्यक्रिया सहित आँखा शिविर संचालन गर्दै आएको छ ।