पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई हर्ट एट्याक

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी। पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज शरीफलाई हृदयाघात भएको छ । हिजो शरीफलाई अदालतले जमानतमा रिहा गर्न आदेश दिएकोमा भोलिपल्टै उनी हृदयाघातका कारण अस्पताल पुगेका हुन् । लाहोरको सर्भिसेज अस्पतालमा उपचारका क्रममा उनलाई अचानक हृदयाघात भएपछि उनीमाथि निगरानी बढाइएको छ ।

शरीफको इसीजी, कार्डियोग्राफी टेस्ट गराइएको छ जसको नतिजा आएपछि मात्र उनको समस्याको सही पहिचान हुनेछ । भ्रष्टाचार अभियोगमा जेल सजाय काटिरहेको शरीफ पहिलेदेखि नै निकै बिरामी थिए ।

उनको रगतमा प्लेटेलेट्सको मात्र घटेर १२ हजारमा झरेको थियो । एक दिनअघि लाहोर हाइकोर्टले उनलाई चौधरी शुगल मिल भ्रष्टाचार मुद्दामा मेडिकल आधारमा उनलाई जमानत दिएको थियो । डावन न्यूजका अनुसार पाकिस्तान मुस्लिम लिग – नवाजका अध्यक्ष शहबाज शरीफले आफ्ना दाजु नवाज शरीफको रिहाइको लागि जमानतको निवेदन दिएका थिए ।