पूर्वयुवराज पारस को सम्बन्ध समलिंगी युवतीसंग? सोनीका भन्छिन्,मेरो पहिले केटि संग प्रेम थियो अहिले छुट्यो

पूर्वयुवराज पारस को सम्बन्ध समलिंगी युवतीसंग? सोनीका भन्छिन्,मेरो पहिले केटि संग प्रेम थियो अहिले छुट्यो

काठमाडौं – युट्युबमा द्वीर्थी बुझाउने विषय छानेर कार्यक्रम चलाएर चर्चामा आएकी मोडल तथा युट्युबर सोनिका रोकाया र पूर्वयुवराज पारस शाहको नाम जोडिएको छ । पोखराबाट सुमन नाम गरेका एक युवकले पूर्वयुवराज पारस शाहसँग मोटरसाइकलमा राखेर हिँडेको भिडियो अपलोड गरेपछि सामाजिक सञ्जाल तातेको हो । सामाजिक सञ्जालमा पूर्वयुवराज पारस र सोनिकालाई ट्रोल समेत बनाइएको छ ।

यसअघि पनि सोनिकाले पारससँगका कैयन् पटक तस्वीर शेयर गर्ने गरेका थिए । सोनिकाका अनुसार यी दुई ३ महिनादेखि नजिक छन् । यता सोनिकाले पारसलाई एक अभिभावकझैँ केयर गर्ने मिल्ने साथी भएको दाबी गरेकी छिन् । खबरहबसँगको कुराकानीका क्रममा सोनिकाले भनिन्, ‘पारस सरकारका कारण ममा चेन्ज धेरै आध्यात्मिक चेन्ज आएको छ, उहाँ मेरो मिल्ने साथी हो ।’

टिकटकमा पूर्वयुवराज पारस र सोनिकाको एक भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पारसको विरोध शुरु भएको थियो । सुमन नामक युवकले टिकटकमा १५ सेकेन्डको भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा पारस शाहले बाइकमा सोनिकालाई कुरिरहेका हुन्छन् । पोखरामा खिचिएको उक्त भिडियोमा पारसले केही नेपालीलाई राजावादी भनेर नछुट्याउन र सबैलाई नेपाली भन्न अनुरोध गरेका छन् । उनले भिडियोमा भनेका छन्, ‘यो वादी र ऊ वादी भनेर छुट्याउने होइन, हामी सबै नेपाली हो ।’

राजावादी र नेपालीबीचको कुरा चलिरहँदा युट्युबर सोनिका रोकाया बाइक नजिक आउँछिन् । लगत्तै पारसले बाइक स्टार्ट गर्छन् । र, दुवै हुइँकिन्छन् । यता सोनिकाले आफूले बिल तिरेर भित्रबाट आएको र कसैले लुकेर भिडियो खिचेको आफूहरुले थाहा नपाएको बताइन् । ‘म रेष्टुरेन्टबाट बिल तिरेर निस्किरहेकी थिएँ, हामीले ड्रिङ्क गरेर निस्किरहेका थियौँ, उहाँले बाहिर केही राजावादीलाई यो वादी र ऊ वादी नभन्नु भन्नुभएको रहेछ,’ खबरहबसँगको कुराकानीमा सोनिकाले भनिन्, ‘मलाई के थाहा त्यहाँ क्यामेराले खिचिरहेको छ भनेर, म त बिल तिरेर बाहिर आएँ, म उहाँसँग आएको थिएँ भने उहाँसँगै जान्छु नि ।’ उनले सोही होटलमा बसेर टिकटक भिडियो बनाएर आफूले अपलोड गरेको पनि बताइन् ।