logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • आमाको पेटबाट थैलीसहित बच्चा बाहिर आएपछि…

    • निगरानी
    • २०७६ कार्तिक २, शनिबार ०९:४९ गते
    आमाको पेटबाट थैलीसहित बच्चा बाहिर आएपछि…

    ब्राजिलमा बच्चाको जन्म हुँदा देखिएको दुलर्भ घटनाको भिडियो सार्वजनिक भएको छ। भिडियोमा पानीको फोकासहित बच्चा आमाको पेटबाट बाहिर निस्किएको देख्न सकिन्छ। चिकित्सकका अनुसार यस्तो घटना एक लाख केसमा १ जनालाई हुने गर्दछ। यो प्रक्रियालाई इन काउल बर्थ भन्ने गरिन्छ। जसमा बच्चा पानीको थैलीसहित आमाको पेटभित्र हुने गर्दछ।

    बच्चा जन्मिने क्रममा प्रायः यो थैली आफै फुट्ने गर्दछ। तर ब्राजिलमा भने एक बच्चाको जन्म हुँदा त्यस्तो भएन्। बच्चा उक्त पानीको थैलीसहित बाहिर निस्कियो । बच्चा थैलीसहित बाहिर निस्किएपछि त्यहाँका चिकित्सकले बच्चालाई सकुसल थैलीबाट बाहिर निकालेका थिए। हाल बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।



    निगरानी    
  • २०७६ कार्तिक २, शनिबार ०९:४९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP