logo
  • २०८३ बैशाख ८, मंगलवार | Tue, 21 Apr 2026
  • बहिनीको बिहेमा रोएको भन्दै दाजुलाई कारबाही

    • निगरानी
    • २०७६ कार्तिक ३, आईतवार १०:५९ गते
    बहिनीको बिहेमा रोएको भन्दै दाजुलाई कारबाही

    विवाह गरेर छोरीचेली अन्माउँदा माइतीपक्ष रुने गर्दछन् । विवाहपछि चेली अन्माउँदा कतिपय दाजुभाई आफ्नो आँसु रोक्न सक्दैनन् ।स्वभाविक पनि हो, बर्षौं आफूले हुर्काएको छोरीचेली पराई घरमा बिदा गर्दा कुन माइतीको आँसु रोकिएला र ? तर विश्वमा यस्तो देश पनि छ जहाँ चेली अन्माउँदा रोएको भन्दै माइतीलाई कारबाही भएको छ ।

    रुसको चेचेन्या भन्ने स्थानमा बहिनीलाई अन्माउँदा रोएको भन्दै उनका दाजुलाई कारबाहीसहित सजाय दिइएको छ । बहिनीको बिवाहमा मन थाम्न नसकेर रुएको अभियोगमा ती बहिनीका दाजुलाई सार्वजनिक रुपमा माफी मगाईं सजाय दिइएको हो ।

    एक साता अघि एक भाइरल भिडियोमा बहिनीको बिवाहको अन्तिम समयमा दाजु रोएको देखेपछि माफी मगाइएको थियो । खासमा रुसको चेचेन्यामा विवाहमा रुनु त्यहाँको परम्परा विपरित मानिन्छ ।चेचेन्याका स्थानीयले भाइरल भिडियोमा दाजु रोएको देखेपछि त्यस उपर कारबाहीको माग गरेका थिए । उनीहरुको मागपछि त्यस बिषयमा ठूलो विवाद भयो । अन्ततः स्थानीय धार्मिक नेताले उनलाई रोएकोमा माफी माग्नु पर्ने आदेश सुनाए ।

    बिहेको बेला रुनु चेचेन्याको परम्पराको विपरीत भएको र ती दाजुले त्यसको उल्लंघन गरेको धार्मिक नेताको ठहर थियो । चेचेन्यामा हुने विवाहको अझ रोचक कुरा के छ भने बहिनीको बिहेमा दाजु जान पाउँदैनन् । तर यहाँ त दाजु जाने मात्र होइन वहिनीको विवाहमा गई रोइदिएपछि त यसले चेचेन्याको नियमको घोर उल्लंघन गरेको ठहर भयो । फलस्वरुप ती दाजुले रोएकोमा सार्वजनिक माफी मागे । त्यसपछि उक्त घटनाबारे बहस सकिएको छ ।



    निगरानी    
  • २०७६ कार्तिक ३, आईतवार १०:५९ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP