logo
  • २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • ‘ह्याप्पी तिहार, चिसो वियर’ बोलको तिहार गीत दुर्गेश थापाले युट्यूवबाट हटाए।

    ‘ह्याप्पी तिहार, चिसो वियर’ बोलको तिहार गीत दुर्गेश थापाले युट्यूवबाट हटाए।

    काठमाडौं / अन्ततः गायक तथा मोडल दुर्गेश थापाले ‘ह्याप्पी तिहार, चिसो वियर’ बोलको तिहार गीत युट्यूवबाट हटाएका छन् ।

    केहि दिनअघि आफ्नै युट्यूवमा सार्वजनिक गरिएको उक्त गीत निकै आलोचित बनेको थियो । युट्यूवमा समाजिक सहिष्णुता बिगार्ने गीत भन्दै नकारात्म प्रतिक्रिया आउन थालेपछि कमेन्ट बक्स नै हाईड गरिएको थियो ।

    यति मात्रै नभई गीतकाविरुद्ध सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । जिप्रकाले उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा मंगलबार महाशाखाले बालाजुबाट थापालाई पक्राउ गरेको छ । अहिले पनि थापा महाशाखामै छन् ।

    थापा अहिले महाशाखामा छलफलमा भएको महाशाखाका प्रवक्ता एसपी केदार ढकालले बताए । उनले गाएको गीतले सामाजिक सहिष्णुतामा नै खलल पुग्ने भन्दै उजुरी परेको थियो ।

    यसअघि थापाले चलचित्र ‘छ माया छपक्कै’का लागि गाएको प्रमोशनल गीत पनि विवादमा आएको थियो ।



    निगरानी    
  • २०७६ कार्तिक ५, मंगलवार ०९:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP