logo
  • २०८३ बैशाख ४, शुक्रबार | Fri, 17 Apr 2026
  • प्रेरक प्रसंग : यस्तो पो होस् राष्ट्रभक्ति

    • निगरानी
    • २०७६ कार्तिक ९, शनिबार ०९:०६ गते
    प्रेरक प्रसंग : यस्तो पो होस् राष्ट्रभक्ति

    स्वामी विवेकानन्द जापान भ्रमण गएको समयको एउटा अविस्मरणीय क्षणको चर्चा अझसम्म पनि हुने गरेको छ।

    उनी जापानको एउटा पसलबाट सुन्तला किनेर बासस्थानमा फर्कन लागेका थिए। त्यही बेला एक बालक उनको अगाडि उभिएर भने, ‘त्यो सुन्तला मलाई दिनुहोस्। तपाईंलाई दिन मसँग धेरै पैसा त छैन तर पनि म परेको मूल्य अवश्य तिर्छु।’

    विवेकानन्दलाई अचम्म लाग्यो। ‘किन बाबु?’ विवेकानन्दले बालकलाई सोधे।

    ‘त्यो साहुजीले सुन्तला दिँदा बिग्रिएका सुन्तला पनि तपाईंलाई दिएको छ। तपाईं त हाम्रो देशको पाहुना हो। जापानीहरू ठग हुँदा रहेछन् भनेर तपाई स्वदेश पुगेर भन्नुहुनेछ। म यसो हुन दिन्न। यसैले कृपया त्यो सुन्तला तपाईंले मलाई बेच्नैपर्छ।’

    ‘होइन बाबु म त्यसो भन्नेछैन। बरू जापानका स-साना बालबालिकामा समेत राष्ट्रभक्ति हुँदो रहेछ।’



    निगरानी    
  • २०७६ कार्तिक ९, शनिबार ०९:०६ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP