काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ उम्मेद्वार बन्ने भएका छन् । नेकपाको सचिवालय बैठकले श्रेष्ठलाई सांसद बनाउने निचोड निकालेको हो ।
शुक्रबार विहान बसेको बैठकले सबै प्रदेशहरुबाट उम्मेद्वारको टुंगो लगाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रदेश १ मा महिलाबाट इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहालको नाम टुंगो लगाएको छ ।
यस्तै बैठकले प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसालको नाम टुंगो लगाएको छ ।
गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलामा भगवती न्यौपाने उम्मेदवार छन् । यस्तै प्रदेश ५ मा महिलाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकमा जगप्रसाद शर्मा, अन्यबाट गोपाल भट्टराई, कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी छन् । त्यस्तै सुदूरपश्चिम प्रदेशमा महिलाबाट शारदा भट्ट र अन्यबाट तारामान स्वांरलाईको नाम सिफारिस गरिएको छ ।
प्रतिक्रिया