कोरोना संक्रमित युवतीसँगै आएका एक युवक इलाममा भेटीए

इलाम, चैत १२ । गत चैत ४ गते कतार एयरलायन्सको बिमानबाट नेपाल भित्रिएका एकसय ५८ जना यात्रु मध्ये एकजना इलामनगरपालिका वडा नम्बर ४ का २८ बर्षिय एक युवक रहेको पुष्टि भएको छ । उनको खेजि गरी अहिले कसैसंग भेटघाट र सम्पर्क हुन नदिने गरी सेल्फ क्वारेन्टाइनमा राख्ने ब्यबस्था भइसकेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । ती ब्यक्ति निजी आफनै घरको एउटा कोठामा छुट्टै बसेको तथा परिवारका सदस्यको सम्पर्कमा नरहेको सिडिओ तुलसीराम सेडाईले बताउनुभयो । चैत ४ गते कतार एयरलायन्सको बिमानबाट नेपाल भित्रिएका यात्रुमध्ये काठमाडौकि एक युवतीमा कोरोना संक्रमण भेटीएको थियो । त्यसपछि उक्त एयरलायन्सबाट आउने यात्रुको जिल्ला जिल्लामा खोजी भइरहेको छ ।
यता भारतबाट झापाको काँकरभिट्टा नाका हुँदै इलाम भित्रिएका इलामका ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । इलाम सदरमुकाममा रहेको डा. मेघबहादुर पराजुली सामुदायि अस्पताल सिङ्गफ्रिङ्गको खाली भवनमा बनाईएको क्वारेन्टाइनमा उनीहरुलाइ आज बिहान २ बजेबाट राखिएको हो । क्वारेन्टाइनमा इलाम नगरपालिका ८ का २ जना, वडा नम्बर १० का २ जना, वडा नम्बर १२ का एकजना र माईजोगमाई गाउँपालिका १ का एकजना रहेका छन् । जसमा पाँचजना महिला र एकजना पुरुष रहेका छन् । उनीहरु ५ जना नै भारत ब्यङगलोरबाट झापाको काकडभिटा नाका हुँदै इलाम भित्रिएका थिए ।