कोभिड १९ विरुद्धको दोस्रो चरण खोप इलाममा ९० प्रतिशतलाई

कोभिड १९ विरुद्धको  दोस्रो चरण खोप इलाममा ९० प्रतिशतलाई

इलाम फागुन १८ इलाममा कोरोना विरुद्धको तेस्रो चरणको कोभिशिल्ड खोप अभियान फागुन २३ गतेदेखि सुरु हुने भएको छ ।सरकारले पहिलो चरणको पहिलो प्राथमिकता र दोस्रो प्रथमिकताकालाई लगाई सकिएपछि तेस्रो चरणको अभियान सुरु गर्न लागेको छ ।

स्वास्थ्य कार्यलय इलामका अनुसार, तेस्रो चरणमा ९० प्रतिशतलाई खोप लगाउने लक्ष्य रहेको जनाएको छ । जसका लागि जिल्लामा दुई सय १४ वटा खोप केन्द्र स्थापना गरी अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यलय इलामका प्रमुख वृजकुमार दासले बताउनु भयो।

उनका अनुसार, अभियान सञ्चालनमा जिल्लाका तीन सय जना स्वास्थ्यकर्मीलाई तालिम दिएर खोप केन्द्र पठाइनेछ । खोप केन्द्रमा एक जना तालिम प्राप्त स्वास्थ्यकर्मी र दुई जना स्वयमसेवक खटाइनेछ । इलाममा हालसम्म हजार पाँच सय २५ जनाले खोप लगाएको जनाइएको छ ।