गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको  राजीनामा

पोखरा , बैशाख २६  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिनुभएको छ ।

अविश्वास प्रस्तामाथि मतदान हुनु एक दिन अघि मुख्यमन्त्री गुरुङले राजीनामा दिनुभएको हो ।

प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावमाथि भोलि मतदान हुने कार्यसूची थियो ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाउनुभएको हो । अल्पमतमा पर्ने देखिएपछि उहाँले राजीनामा दिनुभएको छ ।