सन्दकपुर गाउँपालिका ३ सुलुबुङका लुमणि पाठक (लोकु) को आँगनमा आज (विहीबार)हुने जेठी छोरीको विवाहको चलपल थियो । बुधबारको मध्यान्नमा गाउँलेहरु विवाहको तयारीमा थिए । भट्टी चुल्होमा सेल रोटी पाक्दै थियो । ग्यास चुलोबाट शुरु भएको आगोले विवाहको तयारी मात्रै रोकेन पाठक परिवाललाई छानो विहीन समेत बनायो ।
पठककी जेठी छोरी पुजाको विवाहको सम्पुर्ण तयारी पुरा भएको थियो । पाठकले सुनाए ‘कागजात भएको एउटा दराज बाहेक केहि पनि रहेन ।’ करिव २० मिनेटको आगोले सबै सकिएको स्थानीय देवेन्द्र सुवेदीले बताए । उनले भेन ‘तुरुन्त पुगेर प्रयास गदा पनि २० मिनेटमा सबै सकियो ।’ आगलागीको क्रममा दुईवटा ग्यासको सिलिण्डर पड्कीएको थियो । पहिलोमा आगो शुरु भएपछि पाठकले ग्यास तान्न प्रयास गरेको सुनाए । उनले भने ‘सिलिण्डर निकालेर फल्न खोजे सकिन नजिक रहेका दुबै पड्कीए ।
पठकका अनुसार आगलागीको कारण घरमा रहेको सबै समान सकिए पछि विवाह स्थगित भएको छ । उनले सुनाए ‘केही बाँकी रहेन के ले गर्नु विहे ।’ उनको तीन तले काठक घर जल्दा ४० लाख माथीको क्षेत्री भएको बताए । प्रहरीले ३० लाख क्षती भएको जनाएको छ । पाठकले सुनाए ‘गाडी खेपेर कमाएको सबै सकियो ।’ उनी गाडी चलाउने र सामान्य व्यपार गर्दै आएको स्थानीय नेत्र प्रसाद पराजुलीले बताए । पराजुलीका अनुसार घर खरानी भएपछि पाठक परिवारले दाजु मात्रिका पाठकको घरमा रात विताएका छन् । अन्नपुर्ण पोष्टबाट
प्रतिक्रिया