logo
  • २०८१ आश्विन १७ | Thu, 03 Oct 2024
  • संघ र प्रदेशले चासो नदिएको गुनासो

    संघ र प्रदेशले चासो नदिएको गुनासो

    कृषक भन्छन् ‘अब परिवार कसरी पाल्ने ?’
    सूर्योदय नगरपालिकाका उपमेयर दुर्गा बरालले गाई, गोरुमा महामारीको रुपमा देखिएको लम्पी रोगका कारण नगरपालिका क्षेत्रका गाईपालक कृषकले निरनतर क्षती व्यहोरी रहेकाले संघ र प्रदेश सरकारले रोकथाम र राहतका कार्यक्रम अघि सार्नुपर्ने बताए ।

    उनले रोग तिव्र रुपमा वृद्धि भइरहेकाले रोग नियन्त्रणको अभियानलाई नगरपालिकाले प्रभावकारी रुपमा सञ्चालन गरेपनि खोप अभियान चलाउने वा नचलाउने बारेमा अन्यौल कायम रहेको बताए । उनले भने ‘स्थानीय सरकारले स्रोत साधन प्रयोग गरेर रोग नियन्त्रणको अभियान चलाए पनि संघ र प्रदेश सरकार चिन्तीत नभएको गुनासो गरे ।
    उनले भने ‘दुई महिना भयो संघ र प्रदेशले प्रभावकारी कदम चाल्न नसकेकाले हामी ठुलो क्षतीमा पर्ने अवस्थामा छौ ।’ किसानलाई क्षतीबाट बचाउन संघ र प्रदेशले क्षतीपुर्तीको कार्यक्रम ल्याउनु पर्ने बताए । उनले एउटै फार्ममा १५ वटा सम्म पशु मरेको खबर आएकाले तीनै तहको सरकार गम्भीर हुनुपर्ने बताए ।
    वडा अध्यक्षले हरेक कृषकका घरमा रोगी पशु भएकाले जनताको घरमा गएर जवाफ दिने अवस्था समेत रहेको बताए । उनीहरुले प्रदेश र संघ सरकाले प्रभावकारी प्याकेज ल्याउनु पर्ने माग गरे । सूर्योदय नगरपालिका वाड न ११ का कृषक डिल्लीराम खतिवडाले भने ‘अब हामीले हाम्रो परिवार कसरी पाल्ने ? हामीले हाम्रो गाई बचाउन खोप अभियान चलाउन पाउने कि नपाउने ?’
    इलाममा इलाम नगरपालिकाले लम्पी विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । अरु स्थानीय तहले अभियान सञ्चालन गर्न सकेका छैनन् । जिल्लाका ४ नगरपालिका र ६ वटा गाउँपालिकामा रोगको प्रकोप देखिएको जनाइएको छ ।
    गर्मी मौसममा टोक्ने झिङ्गा, डाँस, लामखट्ुटे, किर्ना जस्ता किराहरूको संख्या बढी हुने तथा थप सक्रिय हुने सिनज बढेसंगै कोशी प्रदेशका १४ वटै जिल्लामा यो रोगको प्रकोप देखिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।
    पहिला अफ्रिकामा सीमित लम्पी सन् २०१३ पछि मध्य पुर्व, दक्षिण पुर्व युरोप, रसिया, कजाकिस्तान हुंदै बंगलादेश भारतबाट नेपालमा पनि देखा परिसकेको छ । सन् २०१९ बाट नेपालका गाई–भैंसीमा देखिँदै आएको लम्पी स्किन रोग यस वर्ष अझै तीव्र गतिमा फैलिएको पशु सेवा विभागले जनाएको छ । विभागका अनुसार नेपालमा २०७७ साल असार १० मा मोरङको सुन्दरहरैंचा नगरपालिका ११ का गाईहरूमा यो रोगका लक्षणहरू पहिलोपटक देखा परेको थियो ।



    Avatar निगरानी    
  • २०८० बैशाख ३१, आईतवार ०३:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP