दीपक–दीपाको संयुक्त प्रश्न :नेपाली संस्कृतीको पक्षमा आवाज उठाउनु गल्ति हो ?

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
दीपक–दीपाको संयुक्त प्रश्न :नेपाली संस्कृतीको पक्षमा आवाज उठाउनु गल्ति हो ?

काठमाडौं। निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक तथा कलाकार दीपाश्री निरौलाले आफूहरुबिरुद्ध प्रायोजित गाली आईरहेको गुनासो गरेका छन्।

दुवैले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एउटै स्टाटस् लेख्दै आफूहरुविरुद्ध नक्कली आइडी बनाएर विष ओकलिरहेको गुनासो गरेका हुन्। फेसबुकमा लेखेका छन् ‘हाम्रो समूह विगत लामो समयदेखि नेपाली चलचित्र र संगीतकोको पक्षमा काम गर्दै आइरहेको छ। रात दिन नभनी हाम्रो संस्कृतिको रक्षाको पक्षमा वकालत पनि गर्दै आइरहेको कुरा सबै आदरणीय मित्रहरूलाई थाहै छ। अतः यो कार्यले केही सञ्चालित तत्वहरूको निन्द्रा बिग्रिएको प्रमाण फेला परेको छ। हाम्रो अकल्पनीय लगातारको सफलताले अत्तालिएका यि ब्यक्तिहरू सामाजिक संजालहरूमा समूह निर्माण गरेर (नक्कली आइडी बनाई) हामी बिरूद्द बिष ओकलिरहेछन।’

उनीहरुले प्रश्न समेत गरेका छन्, –‘हामीले मेहनत गर्यौ। दर्शकले माया गरिदिनुभो। चलचित्रले दुर्लभ सफलता पायो। के यो अपराध हो? नेपाली चलचित्र र नेपाली संस्कृतिको पक्षमा आवाज उठाउनु गल्ती हो ?’

स्टाट्समा यस्ता तत्वहरुसंग सजग रहन शुभचिन्तक र सत्यको पक्षमा आवाज निकाल्न सक्ने सम्पूर्णलाई सहज रहन स्टाट्समा आग्रह गरिएको छ। साथै यी खालका प्रायोजित गालिले आफूहरुले अभियान नरोकिने पनि भनिएको छ।

दीपक–दीपाको नयाँ चलचित्र ‘छ माया छपक्कै’ यही असोज २४ गतेबाट प्रदर्शनमा आउँदैछ। गत शुक्रबाट रिलिज चलचित्रको ट्रेलरमा नकारात्मक प्रतिक्रियाहरु आएपछि यस किसिमको स्टाट्स लेखेको चलचित्रकर्मीको आँकलन छ।