logo
  • २०८३ बैशाख ३, बिहीबार | Thu, 16 Apr 2026
  • यौन दुर्व्यवहारको आरोपमा रोशनीले दिइन् महराविरुद्ध प्रहरीमा उजुरी

    • निगरानी
    • २०७६ आश्विन १८, शनिबार १०:१८ गते
    यौन दुर्व्यवहारको आरोपमा रोशनीले दिइन् महराविरुद्ध प्रहरीमा उजुरी

    काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध ‘पीडित’ भनिएकी रोशनी शाहीले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन्।

    जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पीडित भनिएकी रोशनीले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जाहेरी दिएको प्रहरीले जनाएको छ।

    गत आइतबार आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी रोशनीले ६ दिनपछि उजुरी दर्ता गरेकी हुन्।

    रोशनीको जाहेरीपछि महरालाई प्रहरीले पक्राउ गर्ने प्रहरी श्रोतले जनाएको छ।



    निगरानी    
  • २०७६ आश्विन १८, शनिबार १०:१८ गते
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP